कैलाली । नेपाल कम्युनिस्ट पार्टी ( विप्लव ) भातृ संगठन अखिल (क्रान्तिकारी) कैलालीको २२ औँ जिल्ला सम्मेलन शुक्रबार टीकापुरमा सम्पन्न भएको छ ।अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक सुवास किरण जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य ओम प्रकाश पुन रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पुनले नेपालको राजनीतिक इतिहासमा सबभन्दा बढी भूमिका विद्यार्थी आन्दोलनको भएको बताएका छन् । विद्यार्थी आन्दोलनकै जगमा उठेका ठुल्ठूला राजनीतिक आन्दोलनको बलमा मुलुकमा गणतन्त्र स्थापना भयो, तर विडम्बना, शिक्षाको अवस्थामा भने खासै सुधार हुन सकेको छैन । राजनीतिक परिवर्तन त भयो, तर त्यही आन्दोलनबाट नैसर्गिक अधिकारका रूपमा स्थापित हुनुपर्ने शिक्षा र स्वास्थ्य भने सबभन्दा बढी व्यापारका मालदार वस्तु बन्न सफल भएको समेत बताए। पछिल्लो समय विद्यार्थी आन्दोलन बदनाम हुँदै गएको देखिन्छ समेत पुनले बताउनु भयो । स्वाभाविकै हो,बदनामहरूले गर्ने आन्दोलन पनि स्वनामधन्य हुने भएन ।जनताले लडेर ल्याएको लोकतन्त्रमा शिक्षा र स्वास्थ्य कहिल्यै नागरिकको हुन सकेन । निःशुल्क त के सर्वसुलभसमेत हुन सकेन । यो विडम्बनाका पछाडि यही बदनाम विद्यार्थी आन्दोलनको महत्वपूर्ण हात छ । विद्यार्थी आन्दोलनमा रजगज चलाइरहेका सीमित व्यक्तिहरूले उठाएका असीमित फाइदाको भुंग्रोमा शिक्षा र स्वास्थ्य क्षेत्र परेको यथार्थ अब कसैले लुकाउन नसक्ने गरी सतहमा देखिन थालेका केन्द्रीय सदस्य पुनले भने । यसो भन्दै गर्दा आन्दोलनकारी सम्पूर्ण विद्यार्थी संगठन बदनाम मात्रै छन् भन्ने पनि होइन । केही विद्यार्थी संगठन निरन्तर शैक्षिक सुधार र रूपान्तरणको आन्दोलनमा होमिई नै रहेका छन् । अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको सन्दर्भमा अबको विद्यार्थी आन्दोलनका निस्पक्ष हुनु आवश्यक रहेकाे पुनको भनाई रहेको छ ।शिक्षा, स्वास्थ्य र रोजगारी सम्मेलनको मुख्य एजेन्डा रहेको छ यस्तै सम्पूर्ण वामपन्थी प्रगतिशील,देशभक्त तथा जनक्रान्ति विद्यार्थीहरु एकजुट होऔ शिक्षा क्षेत्रको व्यापारीकरण र दलालीकरणका विरुद्ध हाम्रो आन्दोलन वैज्ञानिक समाजवाद शिक्षा प्राप्तिकालागि भने मूल नारा सहितको विद्यार्थीको हक र हितका लागि समर्पण रहि विद्यार्थी आन्दोलनलाई मूर्त र उपलब्धिमूलक बनाउने पनि सम्मेलनको आशय रहेको अधिकांश अथितिको भनाई रहेको थियो ।२२औँ जिल्ला सम्मेलन बाट महेश पातलीको अध्यक्षतामा ४१ सदस्यिय जिल्ला समिति गठन गर्दै सम्पन्न भयको छ।जसको उपाध्यक्षमा बिनोद जप्रेल,सचिवमा सुनिल भुल,सहसचिवमा ईन्द्र रिजार र कोषाध्यक्ष कल्पना सार्की निर्वाचित भएका छन् भनें कार्यक्रममा अथिति ,नेकपा सचिवालय सदस्य रोसन रैकाल र अखिल नेपाल महिला संग क्रान्तिकारीका केन्द्रीय सदस्य सुनिता रहनु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष आरपी तिमेल्सैनाले गरेका थिए भने कार्यक्रमको सञ्चालन महेश पातलीले गर्नु भएको थियो ।