लम्की कार्य मार्फत आशाको सिर्जना यस बर्षको मूख्य नारासहित विश्व आत्महत्या दिवस कैलालीमा भब्य रुपमा शुक्रबार सम्पन्न भएको छ । जिल्लाका सरोकारवाला निकायको उपस्थितिमा आत्महत्या रोकथामको बारेमा ब्यापक छलफल गर्दै दिवश सम्पन्न भएको हो ।
धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा, ट्रेस प्राली धनगढी र सुरक्षित आप्रवासन सामी परियोजनाको संयुक्त आयोजनामा विश्व आत्महत्या दिवस धनगढी उपमहानगरपालिमा एक कार्यक्रम आयोजना गरि मनाईएको थीयो । ट्रेस प्रालीमा आवद्ध रहि टीकापुर नगरपालिकामा सामी परियोजनामा कार्यरत मनोसामाजिक परामर्शकर्ता धनराज विकले आत्महत्या के हो रु कुनै व्यक्तिले आत्महत्या किन गर्छ रु कुनै व्यक्तिमा आत्महत्याको सोचाई रहेको कसरी थाहा पाउने र आत्महत्याको भ्रम र यथार्थका बारेमा सहजीकरण गरेका थिए ।
साथै आत्महत्याका सोचाई आएका व्यक्तिहरुलाई कसरी कहयोग गर्न सकिन्छ रु आत्महत्या तथा आत्महानीका कारणहरु, आत्महत्याका व्यवहारिक संकेतहरु, आत्महत्त्या रोकथाममा रोकारवाहरुको भूमिका र स्थानीय तहले गर्न सकिने कार्यहरु बारे सक्रिय छलफल गरेका थिए । कैलाली जिल्लामा आत्महत्याको प्रयास गरेका र उच्च जोखिममा रहेका व्यक्तिस“ग काम गर्दाको अनुभव समेत विकले सुनाएका थिए ।
त्यसैगरि धनगढी वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले नेपाल आत्महत्याको ७ औं स्थानमा रहेको भन्दै कैलालीमा ४० प्रतिशत आत्महत्याका मुद्दा दर्ता हुने गरेको बताए । आत्महत्या लाई कानूनले अपराध मानेकोले आत्महत्या गरेर मरेका व्यक्तिको घर परिवार र समाजले पोष्टमार्टम गर्नमा अवरुद्ध गर्ने समस्या रहेको उनले बताए । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले आशा मरेपछि मात्र आत्महत्या हुने भएकोले कसैले पनि जीवन प्रतिको आशा मार्न नहुनेमा बोहराले जोड दिए । कार्यक्रममा करिब ४५ जना भन्दा बढी सरोकारवालाको सहभागिता रहेको थियो ।