आइतवार, बैशाख २, २०८१

बर्दगोरियाका संचारकर्मीद्वारा कोसेली एफएम बौनियामा सामुहिक विश्वकर्मा पुजा(भिडियो सहित)

बौनिया,कैलाली । कैलालीको बर्दगोरियामा कार्यरत संचारकर्मीहरुले शुक्रबार सामुहिक रूपमा शील्पका देउता भगवान विश्वकर्माको पुजा गरेका छ्न । सडकपुर बौनिया बजारमा रहेको कोसेली एफएम ९७ मेगाहर्जमा भेटघाटसहित संयुक्त रूपमा विश्वकर्मा पुजा गरेका हुन ।

सो अबसरमा कोसेली एफएमका स्टेसन म्यानेजर लिलाजंग शाही, समाचार प्रमुख पदमराज ओझा, सुदुरचित्र मिडिया नेटवर्क तथा हिमाली टाइम्सका सम्पादक रमेश बम,नेपाल चक्र अनलाइनका भिम बीसी,अनमोल अनलाइन टेलिभिजनका सम्पादक टीकाराम साउँद ,संचारकर्मी डम्मर बुढा लगाएतको उपस्थिती रहेको थियो ।फलामसँग जोडिएका विभिन्न औजार, मेसिन, पार्टपुर्जा र यन्त्र आदिको पुजा गरी विश्वकर्मा पुजा मनाइएको हो ।हरेक वर्ष असोज १ गतेका दिन विश्वकर्मा पुजा मनाउने गरिन्छ ।

विश्वकर्माको पुजा गर्नाले सफलता मिल्ने र औजार पाटपुर्जाबाट कुनै क्षति नहुने, घाटा नहुने, दुर्घटना नहुने विश्वास छ । हेर्नु होस यो भिडियो सहित

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation