बौनियाँ/कैलालीको कैलाली बर्दगोरिया गाँउपालिका वडा नं.६ पृथ्वीपुर स्थित बलराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ ।
जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय कैलालिको निर्देशनमा उनीहरुलाई आइतबार राति नियन्त्रणमा लिएको हो । साथै उनीहरुको साथबाट प्रहरीले एक लाख ८० हजार ७ सय ५० र ११ गड्डी तास समेत बरामद गरी पक्राउ परेकालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सुखडमा पठाएको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी प्रमुख भिमदत्त जोशीले जानकारी दिए । पक्राउ परेका माथि जुवा ऐन बमोजिम मुद्दा दर्तागरि अनुसन्धान थालिएको छ ।
.कस्तो कारवाही हुन्छ ।
जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।
.चाडपर्वमा जुवातास खेल्ने धमाधम पक्राउ, यस्तो छ कानुनमा सजाय
२०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।
उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ।
दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।
दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।
जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।
स्रोत जिल्ला प्रहरी कार्यालय
नाम सहीत
निम्नः-
१) जिल्ला कैलाली बर्दगोरिया गा.पा. वडा नं. ५ बस्ने वर्ष ३६ को शुनिल चौधरी
२) ऐ.ऐ. ३ बस्ने वर्ष ३८ को टेक बहादुर रोकाया
३) ऐ.ऐ. ४ बस्ने वर्ष ३८ को चन्द्र सापकोटा
४) ऐ.ऐ. २ बस्ने वर्ष ३३ को हेम बहादुर बम
५) ऐ.ऐ. २ बस्ने वर्ष ४६ को रविन्द्र थापा
६) ऐ.ऐ. २ बस्ने वर्ष २९ को बरुण शमसेर राणा
७) ऐ.ऐ. ३ बस्ने वर्ष ३२ को आनन्द गौतम
८) ऐ.ऐ. १ बस्ने वर्ष ४० को महेश डगौरा थारु
९) ऐ.ऐ. १ बस्ने वर्ष ४३ को दिपक कुमार बुढा
१०) ऐ.ऐ. ४ बस्ने वर्ष ३० को कमल बुचा मगर
११) ऐ.ऐ. १ बस्ने वर्ष ३६ को ईन्द्र भण्डारी
१२) ऐ.ऐ. १ बस्ने वर्ष ४२ को खुमेन्द्र बहादुर सापकोटा
१३) १४) ऐ.ऐ. २ बस्ने वर्ष ४१ को अरुण शमसेर राणा
१४) ऐ.ऐ. २ बस्ने वर्ष ४३ को लक्ष्मण कुवर
१५) ऐ.ऐ. १ बस्ने वर्ष २९ को विरेन्द्र भण्डारी
१६) ऐ.ऐ. ४ बस्ने वर्ष ४२ को मेघराज सापकोटा
१७) ऐ.ऐ. १ बस्ने वर्ष ३४ को शिवराज सापकोटा
१८) जिल्ला कैलाली लम्की चुहा न.पा. वडा नं. १० बस्ने वर्ष ३२ को तपेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।