कैलाली/कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. ७ स्थित कुल बहादुर चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ ।
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनीहरुलाई सोमवार रातिको १२ बजे नियन्त्रणमा लिएको हो । साथै प्रहरीले उनीहरुको साथबाट १४ हजार,७ सय २० भारतीय रूपैयाँ र २५ हजार ९ सय ५० नेपाली रुपैयाँ र ३ गड्डी तास समेत बरामद गरेको छ । पक्राउ परेका माथी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । पक्राउ परेका माथि जुवा ऐन बमोजिम मुद्दा दर्तागरि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
कस्तो कारवाही हुन्छ?
जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरीवाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था छ ।
चाडपर्वमा जुवातास खेल्ने धमाधम पक्राउ, यस्तो छ कानुनमा सजाय :
२०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ ।
उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ ।
दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ ।
जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन ।
स्रोत जिल्ला प्रहरी कार्यालय कैलाली
नामसहित
निम्नः-
१.जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ७ बेली बस्ने वर्ष ३० को ईश्वर चौधरी ।
२.ऐ.ऐ.बस्ने वर्ष ३३ को प्रेम चौधरी ।
३.ऐ.ऐ. बस्ने वर्ष ३५ को राम निवास चौधरी ।
४.ऐ.ऐ. बस्ने वर्ष ३० को अम्मर राना ।
५.ऐ.ऐ. बस्ने वर्ष २८ को दिनेश राना ।
६. ऐ.ऐ. बस्ने वर्ष ३१ को लाल चौधरी ।
७. ऐ.ऐ. बस्ने वर्ष४० को कृष्ण प्रसाद पाण्डे ।
८. ऐ.ऐ. बस्ने वर्ष २१ को रमेश खाती क्षेत्री ।
९. ऐ.ऐ. बस्ने वर्ष ३२ को माया राम चौधरी ।
१०.ऐ.ऐ. बस्ने वर्ष ४३ को हरी चन्द ।
११. ऐ.ऐ. बस्ने वर्ष ३४ को नरेश चौधरी ।
१२. ऐ.ऐ. बस्ने वर्ष २८ को आदेश चौधरी ।
१३. ऐ.ऐ. बस्ने वर्ष ३१ को कुल चौधरी ।
१४.भारत घर भई ऐ.ऐ. काम गरी बस्ने वर्ष २४ को अस्पाक खान ।