आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

जिल्ला प्रशासन कार्यालय कैलालीलको कडा निर्देशन/ राति ८ बजेपछि देउसी भैलो खेल्ने खेलाउनेलाई कडा कारवाही हुने

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व लक्षित गरि जथाभावी देउसीभैलो खेल्न नपाइने जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै वेलुका ८ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ ।

 

शान्ति सुरक्षालाई मध्यनजर राख्दै राति ८ बजेपछि देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव बहादुर भण्डारीले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको बताउनु भयो ।

 

 

यस्तै तिहारमा आतिशबाजी, पटका, भुइँचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, बिक्रीवितरण तथा प्रयोग नगर्न आग्रह गरिएको र यदि कसैले पटाका ओसारपोसार, विक्रीवितरण तथा पड्काएको भेटिए सार्वजनिक मुद्दासम्म चलाउने जनाइएको छ।

 

 

उहाँका अनुसार राती ८ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने जनाएको छ ।

 

जिल्लामा करोनाको जोखिम अझैपनि कायमै रहेको भन्दै प्रशासनले यस्तो आदेश जारी गरेको हो ।

 

 

 

सूचनामा शुभ दिपावली, छठ तथा नेपाल सम्बत जस्ता पर्बमामा कानुन विपरित समाजलाई प्रभाब हुने खाले गतिबिधी नगर्न नगराउन समेत अनुरोध गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation