Baigyanik Media

Advertisment

SKIP THIS

टीकापुरमा खुकुरी प्रहार गरी युवकको हत्या गर्ने ८ जनालाई प्रहरीले गर्यो सार्वजनिक

कैलाली/कैलालीको टीकापुरमा खुकुरी प्रहारबाट लम्कीचुहा नगरपालिका १ का करिब २३ वर्षीय भुपेन्द्र बडुवालको मृत्यु भएको छ ।

मगलबार राति करिब ९ बजेतिर टीकापुर सिद्धार्थ होटल नजिक उनीमाथि खुकरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको हो ।

मृतक बडुवालको बायाँतिर कम्मरको माथिल्लो भाग र छातीमा धारिलो हतियार प्रहार भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

हत्यामा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरी प्रहरी सार्वजनिक गरेको छ ।अनुसन्धानका लागि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट बिशेष अनुसन्धान टोली समेत परिचालन गरी हत्यामा संलग्न जिल्ला कैलाली लम्की चुहा नगरपालीका वडा नम्बर ३ बस्ने बर्ष २० का आर्यन देबकोटा,बर्ष २४ का महेश रावल,बर्ष २० का धिरज शाही, वडा नम्बर १ बस्ने बर्ष १८ को निशान मल्ल,बस्ने बर्ष २२ का कपिल श्रेष्ठ, टिकापुर नगरपालीका वडा नं. १ बस्ने बर्ष २२ का प्रबिन रिमाल,बस्ने बर्ष २६ का सोहन शाह, र बर्ष २१ का रोहित आलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । थप अनुसन्धान तथा खोजतलाश कार्य जारी रहेको पनि प्रहरीले अनमोल अनलाईन टेलिभिजन लाई बताएको हो ।

हत्याको विरोधमा पूर्व पश्चिम राजमार्गको लम्की बजारमा मृतकका आफन्तले बुधबार राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रहरीले घट्नाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation