बुधबार, बैशाख १२, २०८१

पुर्व प्रधानमन्त्री प्रचण्ड कैलालीको बौनियाँ आउदै

बौनियाँ,कैलाली । पुर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) कैलालीको बर्दगोरिया आउने भएका छ्न । यहि मंसिर ८ गते प्रचण्ड बर्दगोरिया आउने कार्यक्रम रहेको जनाईएको छ ।

नेकपा माओवादी केन्द्र बर्दगोरियाको पालिका अधिवेशन उदघाटन समारोहमा प्रमुख अतिथिकोको रुपमा पार्टी अध्यक्ष प्रचण्ड उपस्थित हुने कार्यक्रम रहेको बर्दगोरिया गाउँ कमिटीले जनाएको छ ।

मंसिर ८ गते बिहान ११ बजे बौनिया बजार स्थित हाटबजारको खुल्ला मैदानमा प्रचण्डले अधिवेशनको उद्घाटनसहित नेता कार्यकर्तालाई सम्बोधन गर्ने जनाइएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation