
कैलाली/ पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)कैलाली आउने भएका छन् । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा राष्ट्रनायक मानिने प्रचण्ड कैलालीका बिभिन्न स्थानमा हुने कार्यक्रममा सहभागि हुन आज मंसिर ८ गते बुधवार विहान धनगढी पुग्न लागेका हुन् ।
बुधवार विहान ८ वजे अघि नै धनगढी विमानस्थलमा पुग्ने प्रचण्डले भीआइपी कक्षमा प्रेस सेन्टर कैलालीकाे आयाेजनामा पत्रकार सम्मेलन गर्ने छन् । त्यसपछि पार्टी अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) बर्दगोरियाको पालिका अधिवेशनलाई बिहान ११ बजे सम्बोधन गर्ने र त्यसपछि भजनी नगरपालिकाको नवनिर्मित कार्यपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा (माओवादी केन्द्र) का कैलाली जिल्ला अध्यक्ष लाल बहादुर सोडारी “दर्शन” जानकारी दिएका छन ।
जिल्लाका पूर्वी पालिकाका कार्यक्रम सम्पन्न पछि मंसिर ८ गते नै धनगढीमा पार्टीको प्रदेश कमिटीलाई अध्यक्ष प्रचण्डले प्रशिक्षण दिने बताइएकाे छ । अध्यक्ष प्रचण्ड आज नै काठमाण्डौं फर्किने कार्यक्रम रहेको छ ।