मङ्लबार, बैशाख १६, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

निडस नेपाल द्धारा टीकापुरमा १ सय ३० बाढिपीडित लाई खाद्यान्न वितरण

टीकापुर नगरपालिका ८ बटनपुरका बाढिपीडित लाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । मिसियो तथा कारितास नेपालको सहयोग तथा निडस नेपालको सहकार्य र टीकापुर नगरपालिकाको समन्वयमा आईतबार टीकापुरका १ सय ३० घरपरिवार लाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

 

प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल,दुई लिटर तेल,दुई किलो नुन,दुईसय ग्राम बेसार पाउडर, दुईसय ग्राम खुर्सानी पाउडर वितरण गरिएको निडस नेपालका कार्यक्रम संयोजक विनोद कडाराले बताए । 
बाढिपीडितले खाद्यान्न सामाग्री पाएपछि खुसी व्यक्त गरेकाछन् । समस्यामा रहेका बाढी पीडितलाई निडस संस्थाले खाद्यान्न सहयोग गरेर दुःखमा साथ दिएको टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य राजु चौधरीले बताए । चौधरीले संस्थाले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए । आगामी दिनमा पनि यस्तै सहयोगका कार्यक्रम ल्याउन उनले संस्था सँग अनुरोध समेत गरेका थिए । 

खाद्यान्न सामाग्री वितरण कार्यक्रममा निडस नेपालका ढुकुटी साउद,ईश्वर चौधरी र पुष्पा चौधरीको सहभागिता रहेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation