बौनियाँ,कैलाली/नेपाली कांग्रेस प्रदेश सभा कैलाली क्षेत्र नम्बर २ (ख)को सभापतिमा तेजप्रताप मल्लको पुरै प्यानल सहित निर्वाचित भएका छन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार भएको प्रदेश सभा निर्वाचनमा मल्लले १५० मत ल्याए भने, उनका निकटतम प्रतिद्वन्दी लक्ष्मण बमले ६३ मत ल्याएर पराजित भएका हुन् ।
त्यस्तै मल्ल प्यानलबाट उप सभापतिमा प्रेमभक्त जोशी र देवानन्द जैशी बिजयी भएका छन ।जोशी र जैशी क्रमशः १६६ र १६७ मत ल्याउँदै बिजयी भएका हुन । उनीहरुका प्रतिद्धन्दी मानिराम खत्री ४७ मत र मानबहादुर बिष्ट ४५ मत मात्रै ल्याउन सके ।
सचिव पदमा पनि मल्ल प्यानलबाटै विमल बम र कृष्ण ऐडी निर्वाचित भएका छन । उनीहरुले क्रमश १६२ र १६३ मत ल्याउँदै विजयी भएका हुन । उनका प्रतिद्धन्दी शेरबहादुर डंगौरा ५२ मत ल्याएका थिए ।
प्रदेश महाधिवेशन प्रतिनिधि पुरुष खुल्ला तर्फ ७ जना पनि मल्ल प्यानलबाट बिजयी भएका छन । जसमा सहदेव चौधरी १६१ मत,भरथरी थारू १६४ मत,डिलबहादुर ओली १६३ मत ,भरत कुँवर १६३ मत,अर्जुनप्रसाद जैशी १६४ मत,लालमणी जोशी १६४ मत,रामबहादुर खत्री १६४ मत ल्याई विजयी भएका छन ।
प्रदेश महाधिवेशन प्रतिनिधि पुरुष खुल्ला तर्फ ५ जना बम प्यानलबाटका पदमराज रिजाल ५४ मत ,लालबहादुर विक ५१ मत,पुस्पराज तिमिल्सेना ५१ मत,गणेश चौधरी ५१ मत
टेकबहादुर लुहार ५१ मत ल्याएका थिए ।
त्यस्तै मल्ल प्यानलबाटै महिला खुल्ला तर्फ रवि रानामगर १६५ मत,बालकुमारी सुनार १६६ मत,हेमादेवी विनाडी १६३ मत ल्याई विजयी भएका छन ।
त्यस्तै बम प्यानलबाटै महिला खुल्ला तर्फ कौशिलादेवी थापा ४४ मत,विमला बन्तोला ४३ मत,आशादेवी दमाई ४६ मत,रेहनादेवी कठरिया ४६ मत,सागर बम ५१ मत ल्याएका थिए ।
खसआर्य तर्फ लक्ष्मीदेवी शाही १६५ मत,दलित झंकर सुनार १६६ मत,धनादेवी थरुनी १६६ मत,बलिराम डंगौरा थारू १६१ मत ल्याउदै विजयी भएका छन ।
प्रदेश ख का लागि २ सय ४२ जना मतदाता रहेकोमा २ सय २८ मत खसेको थियो ।