बिहिबार, फाल्गुन १७, २०८०

माओवादी केन्द्रको वडा भेला सम्पन्न, अध्यक्षमा आचार्य चुनिए

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बर्दगोरीया गाउपालीका वडा नम्बर ३ को वडा भेला सम्पन्न भएको छ । भेलाले मनऋषि आचार्यको अध्यक्षतामा वडा समिती गठन गरेको छ । 

भेलालाई सम्वोधन गर्दै माननीय तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य नन्द बहादुर साउँद (राजेन्द्र) ले जिल्लामा संगठनलाई सुदृढिकरण गर्दै वडाको विकास र समृद्विमा पार्टी पंक्ति र जनप्रतिनिधी एक ढिक्का हुनु पर्ने बताए । वडा नम्बर ३ हुँदै जाने सेती लाेक मार्ग सडक स्थापना  लागि माओवादी पार्टीले नै केन्द्र सम्म पुगेर निर्माण गरेको  र अहिले बाटो र वडा को बिकाश अवस्था देख्दा जनताले फेरि पनि माओवादीलाईनै खोजेको साउँदको भनाई छ । 

सो भेलामा मनऋषि आचार्यको अध्यक्षतामा २९ सदस्य वडा समिती गठन गरेको हो । भेलाले अध्यक्षमा आचार्यलाई चयन गरेको छ । उपाध्यक्ष कपिल गुरुङ यस्तै सचिवमा मान बहादुर चौधरी सह-सचिवमा सुन्दर गौतमलाई चयन गरेका छन् । सदस्यहरुमा शान्ति चौधरी,जगनाथ जैसी, गोपी दमाई, सन्जु चौधरी, धनिराम कामी, झरना कुः बि क,नर बहादुर रोकाया, बम शार्की, लाल वि.क हिरामति थारू, भिम बहादुर चौधरी,सुरेन्द्र चौधरी,दशौटी चौधरी, दिनेश मगर, शिवचरण चौधरी, पवित्रा चौधरी,विष्णा देवी डगौरा, गुलाबी देवी डगौरा, सितारानी डगौरा,सर्मिला चौधरी,भक्त वन्तोला, लाल ब वि क,लक्षीराम भण्डारी, फुलमति डगौरा र शारदा कामी लगाएतका रहेको बताइएको छ । शनिबार सम्पन्न सो वडा भेलामा माओवादी केन्द्रमा लागेका बिभिन्न पद अधिकारीहरुको सहभागीता रहेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation