
बौनियाँ,कैलाली /आज कैलालीको बौनियाको बौनिया जेसीज बर्ष २०२२ को नव निर्वाचित कार्यसमितिको गोपनियताको शपथ ग्रहण तथा पद स्थापना गरिएको छ। बर्ष २०२१ का कार्यकारी उपाध्यक्ष कृष्ण प्रसाद ओझाको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी गाउपालिकाका अध्यक्ष बलिराम चौधरी ,बिशिस्ट अतिथी नेपाल जेसीज बर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाही ,नेपाल जेसीजका उपाध्यक्ष राम प्रशाद पान्डे ,बौनिया जेसीजका सस्थापक अध्यक्ष लिलाजङ्ग शाही डडेल्धुरा जेसीजका अध्यक्ष गोबिन्द बोहरा ,जोशीपुर जेसीज बर्ष २०२२ का अध्यक्ष दुतराम दहित ,लम्की जेसीज बर्ष २०२१ का अध्यक्ष धनश्याम डाङ्गी ,नेपाल् रेडक्रस सोसाइटी उप शाखा दोदोधारा का सभापति लक्ष्मी राज जैसी ,बौनिया बजार ब्यबस्थापन समितिका अध्यक्ष अमर बमले शुभकामना मनतब्य राख्नु भएको थियो ।कार्यक्रमको संचालन महासचिव चक्र बहादुर शाहिले गर्नु भएको थियो।कार्यक्रम बौनिया जेसीज बर्ष २०२१ का अध्यक्ष गणेश प्रशाद जोशीको सभापतितब भएको थियो ।बौनिया जेसीज २०११ मा टिकापुर जेसीजको मातृत्व लिलाजङ्ग शाहिको नेतृत्वमा स्थापना भएको हो ।