आइतवार, बैशाख २, २०८१

बर्दगोरिया गाउँपालिकाको १५ दिने कडा निर्देशन/सार्वजनिक जग्गा हडप्ने लाई कारवाही हुने

बौनियाँ,कैलाली/कैलालीको बर्दगोरिया गाउँपालिकाले सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । पछिल्लो समय पालिका भित्रका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरि संरचना बनाइएको पाइएपछि पालिकाले ती संरचना तत्काल हटाउन निर्देशन दिएको हो । शुक्रबार पालिकाले एक निर्देशनात्मक सूचना जारी गर्दै १५ दिनभित्र ती संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो । पालिकाको यही १३ गते बसेको बैठकले पालिका भित्रका विभिन्न स्थानमा सार्बजनिक जग्गा हडपी सरचना निर्माण गरिएको जनगुनासो आएको भन्दै अबको १५ दिनभित्रमा संरचना हटाउन निर्देशन जारी गरिएको पालिका अध्यक्ष बलिराम डगौरा थारुद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । यदि सूचनाको व्यवास्ता गर्दै काम नरोके ,संरचना नहटाइएमा कानुनी कारबाही हुने जारी सूचनामा उल्लेख छ ।

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation