
बौनियाँ/कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ स्थित बुटकौवा सडक खण्डको किनारको नालीमा शनिबार बिहान एक व्यक्तिको मृत अवस्थामा शव भेटिएको हो ।
जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ का अन्दाजी ७० वर्षीय लालसिंह कामी मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले बिहान मृतअवस्थामा देखेपछि ईलाका प्रहरी कार्यालय बौनियालाई खबर गरेकाे प्रहरीले जनाएको छ ।
कामीले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेका कारण उनको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक भिमदत्त जोशीले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि शनिवार टीकापुर अस्पताल लग्ने तयारी रहेको प्रहरी कार्यालय बौनियाले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिएको छ ।