बिहिबार, बैशाख १३, २०८१

रानीकुण्डाबाट ढुङ्गामा लुकाई छिपाई लग्दै गरेको काठसहित ट्याक्टर र चालक समातिए

कैलाली । कैलालीमा ढुङ्गा बोकेको ट्याक्टरमा लुकाई छिपाई लग्दै गरेको अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ ।

 

 सोमवार ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ बाट खटिएको प्रहरी टोलीले बर्दगोरिया गा.पा. वडा नं. ३ रानीकुण्डा स्थित सडक खण्डबाट से १ त ५५६० र से २ त ११२ नम्बरको ट्याक्टरमा अवैध रुपमा लुकाई छिपाई ओसार पोसार गरी रहेको अबस्थमा ७ फिट लम्बाईका सालको गोलिया थान-६ (७६.९९ क्यु.फिट) बरामद गरेको हो ।

 

बरामद गरिएको काठ आवश्यक कारवाहीको लागी सव-डिभिजन वन कार्यालय बौनियाँ कैलालीमा बुझाईएको ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी प्रमुख भिमदत्त जोशीले बताए । उनले अवैध काठसहित ट्याक्टर र चालकसमेत नियन्त्रणमा लिएको बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation