आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कांग्रेस १४ औ राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदमा शाहिको उम्मेदवारी

बौनियाँ,कैलाली/नेपाली कांग्रेस आसन्न १४ औ राष्ट्रिय महाधिवेसन अन्तरगत सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा नेपाली काङ्ग्रेसका प्रभावसाली युवा नेता राम बहादुर शाहिले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ। नेपाली राजनीतिमा काङ्ग्रेसको संघर्समय इतिहासलाई स्मरण गर्दा जनताको स्वाधीनता ,स्वतन्त्रता र समृद्धिका लागि नेपाली काङ्ग्रेसले उठाएका आवाज र आन्दोलन हरु बाट प्राप्त गरेका उपलब्धिहरुलाइ सस्थागत गर्दै राजनीति बिकास र आर्थिक समुन्नतिमा समर्पित भइ पार्टी अझ सशक्त र सक्रिय का लागि एक घर एक पार्टी सदस्य उत्पादन गरि पार्टीको संघसंगठनका बिस्तार गरि नेपाली काङ्ग्रेस लाई सुदूरपश्चिममा पहिलो पार्टी निर्माण गर्ने उदेश्यका सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेस को प्रथम अधिवेशनमा आफुले महा मन्त्री पदमा उम्मेदवारी दिने नेता शाहीले बताउनुभयो ।को हुन शाही ? अछामको पन्चदेवल बिनायक नगरपालिका ८ निवासी शाही विद्यार्थी जीवन् सङ्गै २०३६ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध हुनु भएको हो ।२०४२ सालमा पन्चायत विरुद्धको सत्याग्रहमा कैलालीमा अग्रणि भुमिका २०४६ सालको आन्दोलनमा नेपाल ल क्याम्पसमा नेबिसघ को सदस्य बाट सक्रिय भुमिका रहनु भएको थियो ।२०६२/०६३ को १९ दिने जन आन्दोलनमा पटकपटक नजर बन्दमा रहनु भयो। नेबिसंघ अछामको अध्यक्षको जिम्मेवारीमा रहि जिल्लाभर नेबिसंघको संगठन बिस्तार गर्नु भएको थियो ।नेपाल तरुलदल अछामको अध्यक्ष भै जिल्लाभर सकृयरूपमा संघसंगठनका बिस्तार २०४८ र २०५६ सालमाको आम निर्वाचन अछाममा पहिलो पार्टी बन्न सफल हुनु भएको थियो ।नेपाल तरुलदल को केन्द्रिय प्रतिनिधि ,महाअधिवेशन प्रतिनिधि अछाम जिल्ला कार्यसमिति सचिव को जिम्मेवारीमा रहि पार्टी निर्माणमा सक्रिय हुदै आउनु भएको छ।राजनीतिमा लोकतन्त्रको र लोकतन्त्रमा नेपाली काङ्ग्रेसको विकल्प छैन ।त्यसैले नेपाली काङ्ग्रेसको संगठन लाई अझ सुदृढ र सशक्तीकरण गर्नका लागि नीति ,नेतृत्व र निर्णय प्रक्रियामा युवाहरुको भुमिका स्थापित गराउने आफ्नो मुख्य उदेश्य रहेकोले सम्पुर्ण प्रदेश प्रतिनिधि ,पार्टीका अग्रज नेता ,युवाहरूलाई महामन्त्री पदमा आफुलाइ मतदान गति अत्याधिक बहुमतले बिजयी गराउन अपिल गर्नु भएको छ। 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation