आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

युवा नेतृत्वका लागि बिद्रोह गराै-भरत कुमार शाही,नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार 

धनगढी /नेपाली कांग्रेस काे १४ महाधिवेशन बाट युवा नेतृत्व स्थापित गर्न परम्पराबादी साेच बाट माथी उठेर गुट र उपगुट त्याग्दै युवा हरूले रचनात्मक बिद्रोह गर्न जरूरी भएकाे नेपाली कांग्रेस काे केन्द्रीय सदस्यका आकांक्षी भरत कुमार शाहीले बताउनु भयाे । 

 

कांग्रेसको सुदुर पश्चिम प्रदेश अधिवेशन उद्घाटन समारोहमा पत्रकार हरू संग कुरा गर्दै नेता शाही ले महाधिवेशन मा युवा हरूकाे उत्साहजनक उपस्थिति सुखद कुरा भए पनि कांग्रेस मा अहिले पनि युवाले नेतृत्व प्राप्त कठिन रहेकाे बताउदै क्षेमता र याेग्यताका आधारमा बढी भन्दा बढी युवा लाई केन्द्रीय समितिमा पुर्याउन महाधिवेशन प्रतिनिधि हरूले हिक्मत गर्नु पर्ने धारणा राख्नु भयाे । 

 

भाषणमा युवाले नेतृत्व गर्नु पर्छ भन्ने तर नेतृत्व चयन गर्दा गुट उपगुटकाे चंगुलमा परेर युवा लाई भाेट नगर्ने हाे भने फेरि पनि कांग्रेस नेतृत्वमा युवा हरूकाे उपस्थिति न्यून हुने निश्चित भएकाे भन्दै १४औ महाधिवेशन मा प्रतिनिधि हरूले युवा हरू प्रति न्याय गर्नु पर्ने बताउनु भयाे । 

 

सबल, सुदृढ र प्रशिक्षित कांग्रेस निर्माणका लागि पुरानाे र नया पुस्ताका क्षेमता भएका कुसल संगठक हरू लाई नेतृत्वमा स्थापित गर्नु पर्ने शाही ले बताउनु भयाे ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation