फेरि कैलालीमा युवकको घाँटी रेटेर हत्या(फोन रेकर्ड बाहिरियो)

टीकापुर/कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटि हत्या गरिएको छ। जानकी गाउँपालिका वडा न ९ अमरावतीका २५ अर्जुन दासको अज्ञात समुहले घाँटी रेटेर बीभत्स हत्या गरेको अवस्थामा शब फेला परेको छ ।

 

 

शरीरलाई रुखमा बाधीको र टाउको शरीरबाट अलग गरि भुईमा राखेको अवस्थामा शनिबार स्थानीय अमरावती सामुदायिक बनमा ती युवकको शब फेला परेको हो।

शुक्रवार साझ करिव ५ बजे तिर घरबाट साथी संङ्ग जान्छु भनी अर्जुन दास निस्किएको परिवारले जानकारी दिएका छन ।

तर उनको हत्या किन र कस्ले गर्यो भन्ने बिषयमा जानकारी नभई सकेको प्रहरीले जनाएको छ ।

(कल रेकर्ड सहित)

कैलालीमा २५ वर्षीय युवक हत्या प्रकरण : प्रहरीले फेला पार्‍यो हत्या पछिको फोन रेकर्ड

कैलालीका जानकी गाउँपालिका–९ का २५ अरुण दास हत्याको फोन कल रेकर्ड बाहिरिएको छ । दासको शरीरबाट टाउको छिनालिएको अवस्थामा शनिबार शव फेला परेको थियो । 

दासको हत्या जानकी गाउँपालिकाका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनालिएको अवस्थामा भेटिएको हो ।

दासकै साथी भएको बताउँदै एकजना युवकले आफूलगायतका केहीले हत्या गरेको आशयको कुरा गरेको फोन कल रेकर्ड बाहिरिएपछि प्रहरीले यसमै केन्द्रीत भएर घटना अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले बाहिरिएको भनिएको कल रेकर्ड सत्य, तथ्यमा आधारित भए/नभएको बारेमा अनुसन्धान सुरु गरिसकेको बताए ।

‘रिसिभरलाई आइडेन्टिफाई गरिएको छ, घटनाको जानकारी दिने युवाका बारेमा जानकारी बटुलिरहेका छौं,’ उनले भने, ‘प्रहरीको ध्यान अन्यत्र मोड्नका लागि पनि यसरी कुराकानी गरिएको हुनसक्छ । हामी सबै तथ्य र सम्भावनाहरुका बारेमा सुक्ष्म ढंगले अनुसन्धानमा जुटेका छौं ।’   

उक्त फोन कलमा एकजना युवाले टाउको र शरिर अलग हुने गरी हत्या गरेपछि आफूहरू भागेर भारत गइरहेको बताएका छन् । ‘हामी बेङ्लोर जाँदै छौं । अहिले रुपैडिहा पुगेका छौं,’ ती युवाले भनेका छन्, ‘एक/दुई दिनमा त्यो लाश फेला पर्ने छ ।’ 

फोन रेकर्डमा ती युवाले बोल्दा ब्याकग्राउण्डमा अरूको स्वर पनि सुनिन्छ । ‘घटनास्थलमा चुरोटका ठुटा र प्याकेटहरू भेटिएका छन् । फोनमा कुरा गर्ने ती युवाको आवाज सुन्दा पनि लागूऔषध प्रयोग गर्ने हुन् कि भन्ने शंका लागेको छ,’ डिएसपी जोशीले भने, ‘उनीहरू समूहमै सामुदायिक वनमा गएको र केही बिषयमा बादबिबाद भएको कुरा पनि आएको छ ।’

दासको शव आफन्तलाई जिम्मा लगाइ सकिएको छ । प्रहरीका अनुसार दास अति निम्न वर्गीय परिवारका हुन् । उनी मजदुरी गर्थे । उनका बुबाआमा पनि रोजीरोटीका लागि भारतमा काम गर्छन् । प्रहरीले अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको छ ।

स्थानीयका अनुसार मृतक दासका बुबा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् । उनी पनि भारत आउजाउ गर्दै आएका थिए । करिब ३ साताअघि उनी भारतबाट फर्किएका थिए । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९