मङ्लबार, अशोज ९, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

डीएसपी थापालाई बौनियाँमा स्वागत, ‘शान्ति सुरक्षा पहिलो प्राथमिकता

बौनियाँ कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाकामा रहेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बौनियाँको प्रमुखकाे रूपमा प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण थापाले बुधबार देखि नेतृत्व सम्हालेका छन् । डिएसपी थापालाई बुधबार बिहान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बौनियाँ कार्यालयका सम्पूर्ण सशस्त्र प्रहरी पदाधिकारीहरू र स्थानीय जनप्रतिनिधिहरुले स्वागत गरेका छन् । 

 

 

यस अघि ४४ नम्बर गण दार्चुलामा कार्यरत रूपमा रहेका डिएसपी लक्ष्मण थापा सरूवा भएर नयाँ प्रमुखकाे रूपमा  बेश क्याम्प सम्हाल्न पुगेका हुन् । 

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बौनियाँ कार्यालयले गरेकाे स्वागत कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै डीएसपी थापाले आफू मातहतका अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै प्रमुखकाे रूपमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बौनियाँमा रहुन्जेल सबैसँग सहकार्य गरी अघि बढ्ने बताए ।

डिएसपी थापाले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बौनियाँको नक्शा भित्र रहेको ठाउँमा लागु औषध र सवारी दुर्घटना न्यूनिकरण देखि शान्ति सुरक्षा कायम राख्ने आफ्नो प्रमुख लक्ष्य रहेकाे समेत बताए ।

डिएसपी थापालाई बुधबार बिहान स्वागत गर्न पुगेका जनप्रतिनिधि र विभिन्न पार्टीका नेताहरुले आफ्नो गाउँ ठाउँको बारेमा जानकारी दिनु भएको छ जसमा
 (१) मुडा बाजार भन्दा अगाडी डिउटी हुनु पर्ने ।
(२) ड्रक्स नियन्त्रण गर्नु पर्ने ।
(३) शिकार खेल्नेलाई नियन्त्रण गर्ने ।
(४) चोरी तस्करी नियन्त्रण गर्नु पर्ने ।
(५) युवाहरुलाई गाँजा खाने टोलीलाई नियन्त्रण हुनुपर्ने ।
(६) धुम्रपान मध्यपान गर्ने लाई नियन्त्रण गर्नुपर्ने र
(७) मुढा बजारमा योन सम्बन्धि क्रियाकलाप लाई नियन्त्रण गर्नु पर्ने
लगाएका कुराहरु उठेका छन् । उक्त स्वागत कार्यक्रम बर्दगोरीया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु, बर्दगोरीया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष जयरुप खतिवडा, प्रदेश सभा २(ख)का सभापति तेज प्रताप मल्ल, नेपाली कांग्रेस बर्दगोरिया गाउँपालिका सभापति कृष्ण बिष्ट, ने.क.पा. माओवादीका सचिव कौश बहादुर महतारा,नेकपा एमाले बर्दगोरिया गाउँपालिका अध्यक्ष मधुकर सिजापति मगर, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर बम, लालीगुराँस सामुदायिक बनका सचिव यज्ञराज बान्तोला,समाज सेवी रामकृष्ण कठरिया, ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक भिम दत्त जोशी र अस्थायी ट्राफिक पोस्ट बौनियाका प्रहरी सहायक निर्देशक इन्द्रबहादुर खड्का लगायतका व्यक्तिहरू उपस्थिति रहेका थिए ।

 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!