
बौनियाँ,कैलाली/कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष पदमराज रिजालको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरीया गाउँपालिका वडा नं २ अध्यक्ष भिखु चौधरी रहनु भएको थियो कार्यक्रममा साना किसान कृषि विकास बैंक लघुवित्तीय संस्थाका प्रबन्धक रामजनक चौधरी विशिष्ठ अतिथि रहनु भएको थियो कार्यक्रम साना किसान कृषि सहकारी संस्थाको उपज उत्पादन संकलन प्रशोधन खाद्यान्नको कार्यालय साझामा सम्पन्न गरेको हो । साना किसान कृषि सहकारी संस्था सञ्चालक समितिका सदस्य भिम बिष्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष पूर्ण बहादुर बिष्टले सहकारीले साना किसानहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले हजारौं जनताको जिवन शैलीमा परिवर्तन ल्याउने आधारलाई सबै मिलेर अगाडी बढाउनु पर्ने धारणा राखेका थिए ।
त्यसैगरी बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समीतिका संयोजक तेज प्रताप मल्लले १२ प्रतिशत ब्याजदरमा कर्जा लिएर १४ प्रतिशतमा लगानी गर्नुले संस्था सञ्चालनमा आर्थिक अभावको अवस्था सृजना हुन सक्ने औल्याउँदै कम ब्याजदरमा कर्जा लिएर सहुलियतमा किसानहरुलाई कर्जा प्रवाह गर्ने व्यवस्थाको खोजी गर्नु पर्ने बताए ।
त्यसैगरी प्रमुख अतिथी भिखू चौधरीले सहकारी हाम्रो हो भनेर किसानहरुको सहकारी प्रतिको मानोकांक्षामा खुशी प्रकट गर्दै सहकारी र सहकार्यले जति ठुला कामहरु पनि सहज ढंगले गर्न सकिने धारणा राख्दै सबैले सहकारी र सहकार्यको बाटो अवलम्वन गरी आयआर्जन सँग जोडिएर अगाडी बढ्नुपर्ने धारणा राखे किसानहरुले जुन उद्देश्य प्राप्तीको लागि कर्जा लिएको हो सो उद्देश्यमा लगानी गर्नु पर्नेमा जोड दिनु भएको थियो । उनले कर्जा लिए पछि आयमूलक क्षेत्रमा लगाउन सकिएन भने लिएको कर्जा पनि तिर्न सक्ने अवस्था नरहने बताउँदै आयआर्जन बढाउने कार्यहरु जोड दिनुपर्ने बताउनु भयो।
कार्यक्रममा अध्यक्ष पदमराज रिजालले भने नेपाल कृषि प्रधान देश भएको र ७० प्रतिशत जनताहरु कृषि पेशामै निर्भर रहेकोले कृषि र कृषकहरुको जिवनस्तर उकास्न सहकार्य गर्ने उद्देश्यले सहकारी स्थापना भएको बताउँदै आर्थिक समृद्धिको लागि आधुनिक कृषि प्रणाली प्रमुख श्रोत भएको बताए । उनले ग्रामिण क्षेत्रमा विद्यमान गरिबी, बेरोजगारी समस्यालाई न्यूनिकरण गर्दै साना तथा भूमिहीन किसानहरुको आर्थिक, सामाजिक संस्कृतिलाई रुपान्तरण गरी आर्थिक समृद्धि ल्याउनु प्रमुख उद्देश्य भएकोले त्यसमा देखिएका कमीकमजोरीमा घचघचाएर सुधारको लागि सुझाव दिन आग्रह गरे ।
कार्यक्रममा नियमित रूपमा बचत कर्ताले ५० हजार खातामा राख्ने १० जना लाई कदर पत्र प्रधान गरिएको थियो त्यस्तै असल बचत कर्ता ६५ जनालाई प्रमाण पत्र प्रदान गरिएको छ र कार्यालयलाई मर्यादित ढङ्गले अगाडि बढाएको भन्दै मुख्य प्रबन्धक र कार्यालय सहयोगीलाई कदरपत्र प्रदान गरिएको छ।