सोमवार, चैत्र ११, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरीया धामलाई प्रचार प्रसारका लागि माघी मेला आयोजना हुने

बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका- २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

 

माघि मेला पुष २८ गते देखि माघ २ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।

विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय कलाकारलाई पहिलो प्राथमिकता र राष्ट्रिय कलाकारका साथै भजन किर्तन प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

बर्दगोरिया गाउँपालिकामा हुने मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको तिव्र विकासका निमित्त माघी मेला संचालन हुन लागेको हो । बर्दगोरिया धार्मिक क्षेत्र प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पर्यटन महोत्सवको आयोजना गरिएको मेला मूल बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चका सचिव गोविन्द वि कले जानकारी दिए । यहाँ माघीमा परापुर्ब काल देखि नै ठुलो मेला लाग्ने गरेको छ । उनले भने , ‘विशेष त थारु जातिले नया बर्षका रुपमा लिदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया,शिंघाई बाट भक्तजन तथा पर्यटक अवोलकनका लागी आउने गरेका छन ।’ माघ १ गते थारु समुदायले माघी लहानका रुपमा बर्दगोरीया धार्मिक क्षेत्रमा रहेको ताल,पोखरीमा नुहाउदै आएका छन । उनले थपे,“बर्दगोरिया धार्मिक क्षेत्रकै नामबाट बर्दगोरिया गाउँपालिकाको नामाङ्कन गरिएको हो ।”

बर्दगोरिया गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा पिकनिक स्थलको मेलाको माध्यमबाट प्रचार प्रसार गर्ने वि कले बताए । परापूर्व काल देखीको पौराणीक महत्व वोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिब मन्दिर, कुवा,तथा पिरुवा,पुरैना ताल,राम जानकी मन्दिर ,झरझरिया पिकनिक स्थल,ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचार प्रसार गरिने जानकारी दिए ।

मेलामा थारु समुदायका परिकार र कला संस्कृती र मौखिकता झल्काउने भेष भुसा र ,पंचे बाजा सहितको ,झाकि हरु प्रदर्शन गरिने सास्कृतिक बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चका अध्यक्ष रामनारायण थारुले बताए । उनले भने ‘यहाँको कला र संकृतिको प्रवद्र्धन गर्नु पनि हाम्रो दायित्व हो ।’

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation