बुधबार, बैशाख १२, २०८१

सेक्स टोय शप एण्ड कण्डम हाउस धनगढीमा सञ्चालन

धनगढी।कैलालीको धनगढीमा कण्डम हाउस एण्ड सेक्स टोय शप’ संञ्चालनमा आएको छ । विभिन्न सहरमा हरेक वर्ष कण्डम र सेक्स टोयको व्यापार बढ्दै गएपछि धनगढीकोे ट्राफिक चौराहा नजिक कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा आएको हो । आज एक कार्यक्रमकाबीच सो सपको उद्घाटन गरिएको छ । 

 

शपको सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् व्यवसायी गोपाल हमालले उद्घाटन गरे । सो अवसरमा शप सञ्चालक राजेश खतिवडाले कण्डमका विभिन्न भेराइटीहरुसंगै सेक्स टोयपनि उलब्ध रहेको बताए ।  ‘धनगढी कण्डम हाउस र सेक्स टोय शप सुदूरपश्चिम प्रदेशकै पहिलो हो’, उनले भने । 
सेक्सका कृत्रिम साधनहरु, भेजिना, फूलबडीदेखि महिलाहरुका लागि विभिन्न साइजका लिंग र भाइब्रेटर लिंगहरु कण्डम हाउस एण्ड सेक्स टोय शपमा पाइने सञ्चालक खतिवडाले बताए । उनले १५ लाख रुपैयाँ लागतमा कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा ल्याएको बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation