शनिबार, मंसिर २२, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

स्वरोजगार लघुवित्त वित्तीय संस्था लि बौनियाँमा व्यवसायिक सीपमुलक चुरा बनाउने तालिम सुरु

बौनियाँ,कैलाली/"सुख र सम्बृद्धिको आधार ,सबैका लागि स्वरोजगार ”भने मूल नाराका साथ स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बर्दगोरीया गाउँपालिका वडा नं १ सडकपुर बौनियाँ कैलालीले बौनियामा सीपमूलक तालिम सञ्चालन गरेको छ । संस्थाले यही पुष १८, र १९ गते दुई दिनको सीपमूलक तालिम सञ्चालन गरेको हो । संस्थाले शाखा कार्यालय बौनियाँमा आबद्ध सदस्यहरु मध्ये १८३ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा सीपमुलक चुरा बनाउने तालिम प्रदान गरेको हो ।

 

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख नवीन थापाले तालिमबाट यस क्षेत्रका महिला सदस्यहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त तालिमबाट सहभागीहरुले कम लागतमा चुरा बनाउने तरिका, बजारीकरणलगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।यो भन्दा पहिले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बौनियाँले दाल मोट भुजिया तालिम सञ्चालन गरेको थापाले बताउनु भएको थियो । थापाका अनुसार दाल मोट भुजिया तालिम सिकेर संस्थाका सदस्यहरुले विभिन्न मेला महोत्सवमा बिक्री वितरण गरी जिविको पार्जन गरेको आफनै आँखाले देख्न पाउँदा खुशी लागेको थापाले अनमोल अनलाईन टेलिभिजनलाई बताए ।

 

हालै संस्थाले महेन्द्रनगर जिल्लाको झलारीमा १३० जना महिला,कैलालीको गोदावरीमा ९६ जना तथा कञ्चनपुर पुनर्वासमा १२५ जना, र चौमाला १२०, सदस्यहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमूख थापाले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धिका लागि संस्था क्रियाशील रहने विचार व्यक्त गरे । सीपमूलक तालिम कार्यक्रममा वित्तीय संस्थामा राजु पासवानले प्रशिक्षण दिए ।नेपाल राष्ट्र बैंकबाट( घ) वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त स्वरोजगार लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय काठमाडौंको वनेपामा स्थापना गरी २०६६ साउन ८ गतेबाट कारोबार सुरु गरेको हो । हालसम्म संस्थाले ४५ वटा जिल्लाहरुका ९१ शाखा कार्यालयहरु मार्फत करिब १ लाख २०  हजारभन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म संस्थाले मिति २०७८असोज महीना सम्मको रेकर्ड अनुसार करिब ६ अर्ब ३८ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट २ अर्ब ७४ करोडभन्दा बढी निक्षेप सङ्कलन गरेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation