बौनियाँ,कैलाली । बर्दगोरीया गाउँपालिका वडा न:- २ मा रहेको कुम्विया ग्रामीण बिद्युत सहकारी संस्थाको आठौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जन्जिर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरीया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष भिखु चौधरी प्रमुख अतिथि रहनुभएको थियो त्यस्तै विशिष्ट अतिथिमा जय महालक्ष्मी ग्रामीण बिद्युत सहकारी संस्थाका अध्यक्ष अमर बम रहनुभएको थियो।
संस्थाको आय व्यय प्रस्तुत कुम्विया ग्रामीण बिद्युत सहकारी संस्थाकी सदस्य दिनेश कुमारी शाहले आर्थिक वर्ष २०७७/०७८ को करिब १७ लाख ८० हजार एक सय ९ रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा अतिथि जय महाकाली विद्युत् सहकारी संस्थाका प्रतिनिधि विष्णु जोशी र मोती भागीरती आधारभूत विद्यालयका अध्यक्ष निर्मला देवी शाही
लगायतको उपस्थिति थियो। संस्थाका उपाध्यक्ष बिर्खे बहादुर बि क को स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका उपभोक्ता रघुनाथ चौधरी गर्नुभएको थियो।
कुम्विया ग्रामीण विद्युत सहकारी संस्थाको ८ औ वार्षिक साधारण सभाले नया कार्यसमिति गठन गरेको छ जसको अध्यक्षमा खडक रानामगर उपाध्यक्षमा पुरन डगौरा थारु कोषाअध्यक्षमा पदमा देवी बम सचिवमा चन्द्रिका उपाध्याय
सदस्यहरुमा विशाल बम, हस्त वहादुर राना, शंकर डगौरा, धऊली दमाई,र कलसा देवी बुढा चुनिएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा हर्क बहादुर शाह निरज चौधरी र जहर सिंह आले रहेका छन्। सल्लाहकार समितिको संयोजकमा गोविन्द बम खेम राज बम , मदनराज भण्डारी, विर्खे बि क र पार्वती बम रहेका छन् ।