पद नपाएकै कारण पार्टी परित्याग गर्नु जनतालाई धोका दिनु हो:सांसद साउँद

बौनियाँ,कैलाली/सुदूरपश्चिम प्रदेश सांसद एवम् नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नन्द बहादुर साउँद राजेन्द्रले पद नपाएकै कारण पार्टी परित्याग गर्नु जनतालाई धोका भएको बताएकाछन् । असल माओवादी कार्यकर्ताले अवसरबादी राजनीति गर्न नहुने साउदले बताए । साथै साउदले जनयुद्धबाट प्राप्त परिवर्तन लाई संस्थागत गर्नुपर्ने बताएकाछन् । नेकपा माओवादी केन्द्र लम्कीचुहा नगरपालिका ६ नम्बर वडाको स्याउले बजारमा शुक्रबार भएको पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा साउँदले यस्तो बताएका हुन ।

 

कार्यक्रममा वडा कमिटिका अध्यक्ष ढक बहादुर बिकले नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीमा निवार्चित भएका राजेन्द्र साउँद र बिष्ना बिसी सपना लाई फूलमाला र दोसल्लाले सम्मान गरेका थिए ।

पार्टी कार्यालय उद्घाटन समारोहमा प्रमुख अतिथि समेत रहेका साउदले विचार बाट पतन भएकाहरुले पद नपाएपछि पार्टी छोडेको बताए । अवसरवादी जहाँ गएपनि धोका मात्र दिने बताउदै जनयुद्धबाट आएका माओवादीले पद नयाएकै भरमा अरु पार्टीमा लाग्नु भनेको जनता माथि गद्दार गर्नु बाहेक अरु केही नभएको बताए । सधैं अवसरवाद र पदकै लागि मरीहत्ते गर्ने जोकोही हुन उनीहरु सच्चा माओवादी हुनै नसक्ने उनले बताए ।

 

कार्यक्रममा सम्मानित भएकी प्रदेश कमिटी सदस्य बिष्ना बिसी सपनाले माओवादीले सुरु गरेको दशबर्षे जनयुद्धकै कारण देशमा परिवर्तन आएको बताईन् । माओवादीले ल्याएको परिवर्तन गुम्ने खतरातर्फ सचेत हुँदै सबै एक भएर देश र जनताको पक्षमा उभिने बेला आएको उनले बताईन् ।

जनयुद्धबाट प्राप्त अधिकार लाई जनताको बीचमा लैजानु पर्ने भन्दै माओवादीको यो देशमा जीत भएकोले सबैले गर्व गर्नुपर्ने बिसीले बताईन् । उनले भनिन् –‘देश माओवादीकै एजेन्डामा अगाडी बढेकोले आगामी निवार्चनमा बहुमत ल्याएर एक नम्बर पार्टी बनाउने तर्फ सबै कार्यकर्ता सक्रिय भएर लाग्नुपर्छ ।’ सहिदका सपना र जनताको त्याग तपस्याको सम्मान गर्न साझा विचारका साथ पार्टी निमार्णमा लाग्नु पर्नेमा उनले जोड दिईन ।  

 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका राम बहादुर बिक, लोग बहादुर बिक, भीम केसी, कल्पना बिक, राम बहादुर रोकाया, धर्मदत्त न्यौपाने लगायतकाकाले मन्तब्य राखेका थिए ।

 

ढक बहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य जुनिता सार्कीले गरेकी थिईन भने संचालन वडा सचिब सन्तलाल चौधरीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९