आइतवार, बैशाख २, २०८१

एकीकृत समाजवादीकाे वडा कमिटी गठन, अध्यक्षमा साउँद

बौनियाँ,कैलाली/यात्रा समृद्धिकाे, लक्ष्य समाजवादाे भन्ने मुला नारा बाेकेकाे नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी ) काे बर्दगाेरिया गाउपालिका वडा नम्बर एकको प्रथम वडा अधिबेशन साेमबार एक कार्यक्रम का बिच सम्पन्न भएको छ ।

वडा कमिटी का अध्यक्ष सागर साउँदकाे अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि पार्टीको जिल्ला कमिटी सदस्य एवम बर्दगाेरिया इञ्चार्ज दमन चन्द साेडारि रहनु भएको थियो । युवा संघ नेपाल का केन्द्रीय सदस्य हेमराज साउदकाे स्वागत मन्तव्य संगै सुुरु भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य माेहन बहादुर कुवर, नेकपा माओवादि केन्द्रका तारा साउँद , गाउँ कमिटी अध्यक्ष लक्षिराम अधिकारी , जिल्ला कमिटी सदस्य एवम बर्दगाेरिया इञ्चार्ज तथा कार्यक्रम का प्रमुख दमन चन्द साेडारि लगायतकाले शुभकामना मन्तव्य व्यत्त गरेका थिय । 

 कार्यक्रम का बाेल्ने अधिकांश वक्ता हरुले केपि ओलिकाे निरंकुश तन्त्र अब धेरै दिन नटिक्ने भन्दै बिस्तारै नेकपा एमाले का सम्पूर्ण नेता कार्यकर्ता एकीकृत समाजवादिमा विलयि हुने कुरा बतायका थिय । करिब ५० जना स्थानीय हरुकाे सहभागिता रहेको कार्यक्रम काे सञ्चालन पार्टीको गाउँ कमिटी सचिव मीन ओडले गरेका थिय । 

 साे वडा अधिबेशन बाट सागर साउदकाे अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । जसकाे उपाध्यक्षमा खिन्तु सार्कि र यज्ञ राज भट्टराई , सचिवमा लक्ष्मि बि.क , उप सचिवमा बिशेन्द्र कुवर लगायत सदस्यहरुमा हस्त बहादुर बि.क, दल बहादुर ठकुल्ला , सन्गम ओड , सन्तोष रशाइलि लगायतका सदस्य हरु रहेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation