
बौनियाँ,कैलाली । बर्दगोरिया गाउँपालिका वडा न:- १ मा रहेको महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्था लिको १३ औ चुनावी वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमर बमको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष भिखु चौधरी प्रमुख अतिथि रहनुभएको थियो ।
महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको आय व्यय प्रस्तुत संस्थाका सचिव लाल बहादुर चौधरीले आर्थिक वर्ष २०७७/०७८ को करिब ३९ लाख ७६ हजार ३ सय ७५ रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा अतिथिहरुमा जय महाकाली विद्युत् सहकारी संस्थाका प्रतिनिधि विष्णु जोशी,शिक्षक लाल बहादुर गड्सेवाला,लगायतको उपस्थिति थियो। संस्थाका उपाअध्यक्ष धीरजा कुमारी जैशीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव लाल बहादुर चौधरीले गर्नुभएको थियो। साथै चुनावी साधरण सभामा धेरै अध्यक्षका उमेद्वार देखिएको र सहमत हुन नसक्दा कोरोनालाई मध्ये नजर गर्दै निर्वाचन गर्नु पर्ने देखिएको हुँदा पुरानै कार्यसमिति लाई अनुमति दिएको निर्वाचन समितिका संयोजक लाल बहादुर गडसिलाले अनमोल अनलाईन टेलिभिजनलाई बताउनु भएको छ ।