काँग्रेस स्थानीय तहका कार्य समितिले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै 

टीकापुर,—स्थानीय तह निर्वाचनको चर्चा चुलिएसंगै नेपाली कांग्रेसका स्थानीय तहका कार्यसमितिले पार्टी संगठन विस्तारलाई तीव्रता दिन थालेका छन् । स्थानीय तह कार्यसमितिले १४ औं महाधिवेशन सम्पन्न भएसँगै पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरणमा अभियान थालेका हुन् । कैलालीको बर्दगोरिया र मोहन्याल गाउँ कार्यसमितिले पार्टीको सबैभन्दा तल्लो तहको रूपमा रहेको टोल कार्यसमिति गठन कार्य थालेका छन् ।

 

 

 

पार्टी विधानको धारा ५ (१) मा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष, सहसचिव र सदस्य गरि बढीमा १५ सदस्यीय टोल कार्यसमिति गठन गर्न सकिने उल्लेख छ । सोही प्रावधान अनुसार टोल कार्यसमिति गठन कार्यलाई प्राथमिकता दिइएको बर्दगोरिया गाउँपालिकाका सभापति कृष्ण बिष्टले बताउनुभयो ।

 

उहाँका अनुसार आगामी फागुन १५ गतेसम्म पालिका अन्तर्गतका ६ वटै वडामा टोल कार्यसमिति गठन गर्न परिपत्र गरिएको छ । सोही अनुसार शुक्रबार बर्दगोरियाको वडा नम्बर ३ रानीकुण्डामा ११ सदस्यीय टोल कार्यसमिति गठन गरिएको वडा सभापति नन्दाराम बिष्टले जानकारी दिनुभयो ।

 

रानीकुण्डा टोलमा दानबहादुर कामी टोल कार्यसमिति सभापति चयन हुनुभएको छ । जसको उपसभापतिमा कर्णबहादुर कामी, सचिवमा विजय विश्वकर्मा, कोषाध्यक्ष रुपादेवी टमट्टा, सहसचिवमा टीकाराम कौडेल र सदस्यमा नविन टमट्टा, राधा ढोली, प्रतापे कामी, अजित कामी, अमना टमट्टा, मानबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।

 

त्यस्तै, नेपाली कांग्रेस मोहन्याल गाउँ कार्यसमितिले समेत टोल कार्यसमिति गठनलाई प्राथमिकता दिएको छ । गाउँ कार्यसमिति सभापति कमल साउँदका अनुसार आगामी फागुन मसान्तसम्म पालिका अन्तर्गतका ७ वटै वडामा टोल कार्यसमिति गठन गरिने जानकारी दिनुभयो । अहिले गाउँपालिकाको वडा नम्बर ७ र १ मा कार्यसमिति गठन भइरहेकोे उहाँको भनाइ छ । नेपाली कांग्रेसले जनताकाबीचमा स्थानीय सरकारले गरेका विकास निर्माणकार्य, जनगुनासोको समिक्षा र बेतिथीको खबरदारी गर्दै आएकाले जनताको विश्वास र भरोसा बोकेको पार्टी नेपाली कांग्रेसप्रति जनलहर बढ्दै गएको उहाँले बताउनुभयो । 

 

त्यसैबीच, नेपाली काँग्रेस टीकापुर नगरपालिका वडा नं.–६ को वडा कार्य समितिद्वारा वडा अन्तर्गतका ओखरपुर र पानीमुला गोल्छान टोलमा बिहीबार टोल कार्यसमिति गठन गरिएको छ । वडा सभापति नृपबहादुर कडायतले दिनुभएको जानकारी अनुसार ओखरपुर टोल समिति ज्योति आउजीको नेतृत्वमा गठन गरिएको हो । 

उक्त समितिका अन्य पदाधिकारीहरूमा उपसभापति कित्थीदेवी लुहार, सचिव शिव विश्वकर्मा, सहसचिव सपना कुँवर, कोषाध्यक्ष राजेन्द्र धामी चयन हुनुभएको छ । 

त्यस्तै, सदस्यहरूमा जनक विश्वकर्मा, रोशन थापा, लीलादेवी चौधरी, नारायण कठायत, दुर्गा दमाई, दीपा साउँद, कौशिला टमट्टा र सङ्गीता विश्वकर्मा रहनुभएको छ । 

त्यस्तै, पानीमुला गोल्छान टोलमा कल्पना कठायतको नेतृत्वमा टोल कार्यसमिति गठन गरिएको छ ।

उक्त समितिका अन्य पदाधिकारीहरूमा उपसभापति राधिका थापा, सचिवमा अशोक विश्वकर्मा, सहसचिव निता थापा, कोषाध्यक्ष लक्ष्मी चौधरी चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा उमा साउँद, गुलावी चौधरी, गणेश विश्वकर्मा, सुदीप थापा, हेमराज थापा र गीता विश्वकर्मा रहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९