बिहिबार, अशोज ११, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

उज्यालो टोल विकास संस्था दर्ता भएको २ घण्टामै गर्यो गाउँबासीलाई अनुरोध 

बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा रहेको उज्यालो टोल विकास संस्थाले आफ्नो कार्य क्षेत्र भित्र पर्ने टोलहरुमा सरसफाई गर्ने निर्णय गरेको छ ।

 

उत्तर रानीकुण्डा टोलमा रहेको उज्यालो टोल विकास संस्था दक्षिण सिचाई आयोजना, उत्तरमा जङ्गल,पश्चिममा  प्रतिटोल र पूर्वमा रानीकुण्डा भक्त बहादुर बन्तोलाको घर सम्मको सँयुक्त रुपमा गठित उज्यालो टोल विकास संस्थाले वैधानिकता प्राप्त गरेको २ घण्टा मै आफ्नो मातहतको टोलहरुमा सर–सफाई कार्यक्रम गर्ने भनी निर्णय गरको छ । उज्यालो टोल विकास संस्थाका अध्यक्ष टीकाराम साउँदका अनुसार सरसफाई कार्यक्रम शनिवार ७ गते हुने जानकारी दिनु भएको छ । सरसफाई कार्यक्रम विधानको नक्सा र नियम भित्र रहेर काम गर्ने निर्णय समेत गरेको हो।साउँदका अनुसार पहिलो चरणमा गाउँबासीहरुलाई सात दिने सूचना निकालिएको छ जसले गाई, भैंसी, बाख्रा बंगुर, ढुङ्गा,गिट्टी र बालुवा हटाउन सात दिने सूचना जारी गरेको बताउनु भयो । अध्यक्ष साउँदले भने सडक सार्बजनिक सबैको सम्पति भएकाले सडक छेउछाउमा सर सामान राख्नु भनेको दुर्घटना निम्तिनु हो भनेर सबै टोलका आमा बाबु दाजु भाई दिदी बहिनीहरूमा अनुरोध गरेका छौ साउँदले भने हामीले गाउँ टोल विकास भए मात्र देशको विकास हुने समेत भने धेरै संघसंस्था दर्ता भएका छन धेरैलाई पद चाइन्छ काम सुने हुन्छ हामीले नयाँ भिजन सोच बनाएर सबै टोल बाट जात जाति समुदाय मिलाएर लागेका छौ अध्यक्ष साउँदले भने सधै सरकारको भर मात्र पर्ने सघं संस्था छन हामी केही फरक विचारका साथ युवा,महिला वृद्धवृद्धा लाई यो संस्थामा राखेका छौं सबैको साथ टोलको विकास भने नाराका साथ हामीले उज्यालो टोल विकास संस्था दर्ता भएको साँझ पख बसेर केही फरक विचारका साथ हामी नै अघि बढ्नु पर्दछ भने सोचका साथ लागेका हौं उज्यालो टोल विकास संस्थाका अध्यक्ष साउँदले अनमोल अनलाईन टेलिभिजन लाई बताउनु भएकाे थियाे ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!