बिहिबार, बैशाख १३, २०८१

नेपाल रेडक्रस सोसाइटी कोटातुल्सीपुर उप-शाखाको २२ औं अधिवेशन बाट निर्विरोध सभापतिमा जग्गादाता मल्ल

बौनियाँ,कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ निमुवाबोझीमा नेपाल रेडक्रस सोसाइटी  कोटातुल्सीपुर उप- शाखा सभाको २२ औं अधिवेशन शुक्रवार सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी कोटातुल्सीपुर उप – शाखाका सभापती पुष्कर बहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाँउपालिका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो । विशिष्ट अतिथिमा बर्दगोरिया गाँउपालिका उपाध्यक्ष भगवती डगौरा थारु, वडा नं ४ का वडाअध्यक्ष पुरन सिंह विसी,नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कैलाली जिल्ला उप- सभापति बासु विनाडी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कार्यालय कैलाली मन्त्री लाेकराज जोशी कार्यक्रममा विशिष्ट अतिथि रहनु भएकाे थियाे । अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य दिनेश कुमार लामिछाने, भूत पूर्व नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्लाका उप – मन्त्री सुरेन्द्र बम र जग्गा दाता टेक बहादुर मल्ल लगायतकाले सुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उप- शाखा कोटातुल्सीपुरकी उप – सभापति पवन कुमारी चन्दले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरिराम डगौरा गर्नु भएको थियो ।नेपाल रेडक्रस सोसाइटी उप- शाखा कोटातुल्सीपुर उप – शाखा सभाको २२ औं अधिवेशन बाट ११ सदस्यीय उप- शाखा समिति निर्विरोध रुपमा चयन गरीएको हो ।निर्विरोध निर्वाचित सभापतिमा टेक बहादुर मल्ल ,उप – सभापतिमा लालपरी चौधरी, सचिवमा हरिराम डगौरा, कोषाध्यक्षमा देवानन्द जैशी,उप – सचिवमा जगत बहादुर शाही,उप – कोषाध्यक्षमा धन बहादुर बम, महिला सदस्य निर्मला बम,सदस्यमा गणेश प्रसाद मिश्र, भिमदत्त विनाडी, मिनबहादुर बम र लालबहादुर भुल लगायत २२ औं अधिवेशन बाट निर्विरोध निर्वाचित हुनु भएको  उप – सचिवमा जगत बहादुर शाहीले अनमोल अनलाईन टेलिभिजनलाई जानकारी दिनु भएको थियो ।भिडियो सहित हेर्नुहोस् । 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation