बिहिबार, बैशाख १३, २०८१

कैलालीमा श्रीमती द्वारा आफ्नै श्रीमानको हत्या:मृतकको टाउको प्रहरी कार्यालय पुग्यो

बौनियाँ-कैलालीको मोहन्यालमा ३२ बर्ष श्रीमतीले आपनै श्रीमानको हत्या गरेकी छन् ।

 

मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ बर्षका श्रीमान नारायण बुढा मगरको हत्या गरेकी हुन् ।

 

चुमा कुमारी थापा बुढामगरले आइतबार राती १२ बजे तिर धारिलो हतियार प्रयोग गरेर आफ्नै श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यलय पणडौनमा मृतकको टाउको बुझाएकी हुन् ।

 

मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारियको अबस्थामा छ। मृतकको मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यलय बाट घटना तर्फ टोलि खटाइएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रबक्ता बेदराज जोशीले कैलाली दर्पण लाई जानकारी दिनु भएको छ। उनका ११ बर्ष ७ बर्ष २ छोरा छन् ।

 

स्रोत

कैलाली दर्पण 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation