
बौनियाँ । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि कैलालीको बर्दगोरिया गाउँपालिकामा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रबिच पालिका बाहेक वडाहरुमा मित्रबत चुनावी प्रतिस्पर्धा हुने भएको छ । साझा गठबन्धनको बुधबार बौनियामा बसेको बैठकले पालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धन हुने र बाकी ६ वटै वडामा मित्रवत चुनावी प्रतिस्पर्धा हुने सहमति भएको हो ।
साझा गठबन्धनमा पालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका शेर बहादुर कठरिया ( अमर ) र नेकपा माओवादी केन्द्रबाट गणेश राज गिरि ( लालदिप ) साझा उम्मेदवार छन । बुधबार नेपाली काङ्ग्रेस बर्दगोरियाका सभापति कृष्ण बिष्ट , नेकपा माओवादी केन्द्र बर्दगोरिया इन्चार्ज रुपक सुनार , अध्यक्ष रामबहादुर साउद सहितको उपस्थितिमा बैठक बसेको थियो । बैठकको निर्णय अनुसार पालिकामा साझा उम्मेदवारलाई जिताउने गरि गठबन्धन भएको र वडाको हिसाबमा भने मित्रबत तवरले चुनावी प्रतिस्पर्धा गर्ने सहमति भएको जनाएको छ ।