बौनियाँ (कैलाली) । स्थानीय तहको निर्वाचनका लागि आज भएको मतदान प्रक्रियामा कैलालीको बर्दगोरिया गाउँपालिकामा ६७.३९ प्रतिशत मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार बर्दगोरियामा १४ हजार ९ सय ४३ मत खसेको छ ।
बर्दगोरियामा २२ हजार १८१ जना मतदाता रहेका छ्न । जसमा आज सम्पन्न मतदान प्रक्रियामा १४ हजार ९ सय ४३ मत खसेको निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले जानकारी दिए । जुन कुल मतदाताको ६७.३९ प्रतिशत हुन आउछ ।
यसअघि गत स्थानीय तहको निर्वाचनमा बर्दगोरियामा ७८.१५ प्रतिसत मत खसेको थियो ।
बर्दगोरिया गाउँपालिका कैलाली
जम्मा मतदाता: २२१८१
खसेको मत : १४,९४३ (६७.३९%)
वडा नम्बर १: २८५८
वडा नम्बर २: ३११८
वडा नम्बर ३: १६२२
वडा नम्बर ४: २३५५
वडा नम्बर ५: २८२८
वडा नम्बर ६: २१६७