Baigyanik Media

Advertisment

SKIP THIS

डाँफे ग्रामीण विद्युत सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा संचालित डाफे ग्रामीण विधुत सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शुक्रबार वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडाले नवनिर्मित तीन कोठे पक्की भवनको उद्घाटन गरेका छ्न ।

कार्यक्रममा यहाँका स्थानीय जनप्रतिनिधि ,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,समाजसेवी ,बुद्धिजीवी लगाएतको उपस्थिति रहेको थियो ।

डाफे ग्रामीण विधुत सहकारीले आफ्नो स्थापनाको झन्डै १६ वर्षपछि आफ्नो पक्की भवन निर्माण गरेको हो । झण्डै ११ लाखको लगानीमा तीन कोठे भवन बनेको संस्थाका अध्यक्ष चक्र बहादुर विष्टले जानकारी दिए । यसअघि आफ्नो भवन नहुदा संस्थाले भाडाको घर प्रयोग गरि सेवा प्रदान गर्दै आएको थियो । संस्थाले आफ्नै पक्की भवन निर्माण संगै सेवा समेत सोही भवनबाट दिन सुचारू गरेको छ ।

भवन निर्माण पश्चात् सेवा प्रवाहमा थप सहजता हुने अध्यक्ष विष्टले बताए । यसअघि भाडाको घरबाट सेवा सुचारू गर्दै आएको संस्थाले अब मासिक भाडा तिर्नुपर्ने अबस्थाको अन्त्य भएको छ,भने सो मासिक भाडा अब संस्थाको आम्दानी हुने भएको छ । संस्थामा हालसम्म ६ सय ३६ उपभोक्ता छ्न ।

संस्थाले घटायो विधुत महसुल
डाफे ग्रामीण विधुत सहकारी संस्थाले विधुत महसुल समेत घटाएको जनाएको छ । पछिल्लो समय संस्था आम्दानीमा वृद्धि हुदैगएपछि उपभोक्ताको हितको निम्ति विधुत महसुलमा समेत हेरफेर गरेको छ ।

यसअघि प्रति युनिट ७ रुपैयाँ महसुल लिने गरिएकोमा चैत्र महिनादेखि लागू हुनेगरी प्रति युनिट ६ रुपैयाँ ५० पैसा कायम गरिएको संस्थाका अध्यक्ष विष्टले बताए । जसबाट आम उपभोक्तालाई केही राहात हुने अपेक्षा गरिएको छ ।

उपभोक्ता मैत्री बन्दै डाफे ग्रामीण विधुत
उपभोक्ताको माग र प्राथमिकताको आधारमा सहकारी संस्थाले आफ्नो सेवा क्षेत्रभित्र मुख्य सडक, सहायक सडक क्षेत्रमा विद्युत विस्तारको लागि पहिलो चरणमा पोल गाड्ने काम गरेको थियो । तत्पश्चात सस्थाले आफ्ना उपभोक्ता, यस क्षेत्रमा शान्ति सुरक्षा, पैदल यात्रीलाई आवतजावतमा सहजता र रात्रिको समयमा उज्यालोको व्यवस्थापनका लागि आफ्नो सेवा क्षेत्रभरी सडक बत्ती जडान गरेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation