आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरिया कांग्रेसमा चरम असन्तुष्टि: आसेपासेलाई टिकट दिएको आरोप

बौनिया । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि टिकट बाडफाटको विषयलाई लियर नेपाली काङ्ग्रेसमा चरम असन्तुष्टि बढेको छ । टिकट वितरणमा नेतृत्वले राम्रोभन्दा पनि हाम्रोलाई प्राथमिकता दिएको भन्दै काङ्ग्रेस बर्दगोरियामा असन्तुष्टि चुलिएको हो ।

 

पार्टी भित्रको गुटबन्दी, पैसाको चलखेल र नातावाद  कृपावादमा परी टिकट बाडफाड गरिएको भन्दै कार्यकर्ता देखि उम्मेदवारको दावी गरेकाहरुले आक्रोश वक्त गरेका छ्न । यही आक्रोश र असन्तुष्टिलाई लियर बर्दगोरियामा केही सक्रिय व्यक्तिले काङ्ग्रेसबाट साधारण सदस्य नहुने गरि राजीनामा दिएको घोषणा समेत गरेका छ्न । 

 

पार्टीभित्र छलफल नगरी उम्मेदवार छनोट गरेको, आफ्नो भागमा राख्नुपर्ने सिट गठबन्धनसँग साटेकोलगायतका असन्तुष्टि काँग्रेस बर्दगोरियाभित्र चुलिएको छ ।

 

यता नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँकार्यसमिति सभापति कृष्ण विष्टले भने आफुलाई टिकट बाडफाड बारे कुनै कुरा थाहा नभएको ,आफुलाई नेतृत्व तहले बिना जानकारी टिकट बाडेको बताएका छ्न । बर्दगोरियामा सोमबार बिहान पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन । उनले भने बर्दगोरियामा टिकट कुन व्यक्तिलाई दिने भन्ने बारेमा मलाई नेतृत्वले जानकारी समेत दिएन, आकाङ्क्षी सबै साथिको नाम मैले जिल्लामा सिफारिस गरेको थिए । तर अहिले नेतृत्व तहले एकलौटी बलमिचाई गरि फरक व्यक्तिलाई टिकट बाढ्यो । यसमा मेरो घोर आपत्ति छ । यस् विषयलाई लियर साथिहरुले ममाथि आरोप नलाउनुहुन मेरो विनम्र अनुरोध छ ।

 

असन्तुष्ठिका बाबजुद पनि उनले नैतिकताको हिसाबले पार्टीले बिचार र निर्णय आफुले मान्ने उनले बताए । स्थानीय तहको निर्वाचन नजिकै आयो, गठबन्धनमा हामी चुनाव लड्ने र जित्ने हो,यसमा सबैले आफ्ना असन्तुष्ठि त्यागी सहयोग गर्नुहोला, सबैलाई मेरो यहि आग्रह छ । उनले भने जसरी हुन्छ,चुनाव जित्ने गरि लाग्नुपर्छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation