शुक्रबार, असार १, २०८१

बर्दगोरिया,६ माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार रन्जित विजयी

बौनियाँ/ कैलालीले बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकृष्ण डगौरा थारु (रन्जित) विजयी बनेका छ्न । उनी गत स्थानीय तहको निर्वाचनमा समेत माओवादी केन्द्रबाट निर्वाचित व्यक्ति हुन ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका हरीराम चौधरीलाई ९३ मतले पछि पार्दै विजयी बनेका हुन ।

 

रन्जितले ४९१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी चौधरीले ३९८ मत प्राप्त गरे । यसैगरी वडा सदस्यमा समेत माओवादी केन्द्रकै बर्चस्व देखिएको छ । सदस्यतर्फ माओवादी केन्द्रबाट दलित महिला सदस्य धनसरा सुनार, महिला सदस्य नेहा चौधरी कठरिया, अमर डगौरा बिजयी बनेका छ्न । भने एमालेका हिक्मत कठायत मात्रै बिजयी भए ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर ६ को अध्यक्ष पदका लागि १ स्वतन्त्र सहित ६ जनाको उम्मेदवारी थियो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा २ हजार १ सय ६७ मत खसेको थियो ।

वडा अध्यक्षतर्फ ;
रामकृष्ण डगौरा थारु( रन्जित ) नेकपा (माओवादी केन्द्र) ; ४९१ बिजयी
मीन बहादुर डगौरा (एमाले ) ; ३०२
प्यारेलाल डगौरा (काङ्ग्रेस ) ; २९३
खुशीराम कठरिया (राप्रपा हलो) ;२८
हरिराम डगौरा थारु (नाउपा) ;३९८
राजेन्द्र बहादुर बोहोरा (गब्बर) [स्वतन्त्र गुलाब ] ;३८५

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation