आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बर्दगोरियामा निर्वाचन अधिकृतद्वारा प्रमाणपत्र बितरण

कैलाली।कैलालीको बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनबाट पालिकामा  नवनिर्वाचित जनप्रतिनिधिलाई बिहीवार प्रमाणपत्र प्रदान गरिएको हो ।

गाउँपालिका नवनिर्वाचित अध्यक्ष कर्ण कुवर, उपाध्यक्ष गणेश राज गिरि (लालदिप) वडाध्यक्ष तथा सदस्यलाई निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेका मिथुन गौतम, वडा नम्बर २ मा गोविन्द विक,वडा नम्बर ३ मा माओवादी केन्द्रका मनऋषि आचार्य ,वडा नम्बर ४ मा नेपाली कांग्रेसका जगत बहादुर शाही, वडा नम्बर ५ मा स्वतन्त्रबाट भोलेराम चौधरी र वडा नम्बर ६ को अध्यक्षमा रामकृष्ण डगौरा थारु (रन्जित ) बिजयी हुनुभएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation