आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरियाका नवनिर्वाचित अध्यक्ष कुवर र उपाध्यक्ष गिरिद्वारा पदभार ग्रहण

बौनियाँ/कैलालीको बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुँवरले शुक्रबार पदभार ग्रहण गरेका छन । 

पदभार ग्रहरण गर्दै कुवँरले मुख्य ४ कामलाई सबैभन्दा बढी प्राथमिकता दिने प्रतिवद्धता गरेका छन ।

कुँवरले गाउँपालीका भित्र बहुमुखी क्याम्पस संचालनका लागि आजैदेखी पहल थाल्ने, खानेपानीको काम तत्काल सुरु गर्ने, फोहोर प्रशोधन केन्द निर्माण गर्ने र गाउँपालिकाको अधुरो प्रशासनिक भवनलाई छिटो पुर्णता दिने बताएका छन । 

२०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका कुवँर नेपाली कांग्रेशका बलिराम चौधरी संग १९४ मतले प्रजित भएकाका थिए । यसपटक भने गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेशका  सेर ब। कठरिया लाई १६५६ मतले पछि  पार्दै विजयी भएका हुन ।

नवनिर्वाचित अध्यक्ष कुँवर सफल व्यबसायिक समेत हुन । उनी संग बौनिया बजार व्यवस्थापन समिती अध्यक्ष, तथा कैलाली उद्योग बाणिज्य संघको  अध्यक्षको अनुभव समेत छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation