आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृतद्वारा मोहन्याल गाउँपालिकामा प्रमाणपत्र बितरण

कैलाली । स्थानीय तहको निर्वाचनको मत गणना कार्य सम्पन्न भएका पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण कार्य जारी रहेको छ ।

 

जस अन्तरगत कैलालीको मोहन्याल गाउँपालिकामा पनि नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ प्रमाणपत्र प्रदान गरिएको छ ।

 

बैशाख ३० गते सम्पन्न भयको स्थानिय तह सदस्य निर्वाचन बाट पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरु लाई बिहीबार (आज) प्रमाणपत्र प्रदान गरियको हो।

 

गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष देवि दक्त उपाध्याय (हिम शिखर), उपाध्यक्ष कमल साउँद, वडाअध्यक्ष तथा सदस्यलाई निर्वाचन अधिकृत याम प्रशाद ढुंगाना द्वारा प्रमाणपत्र वितरण गरिएका हुन ।

 

यस्तै भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका बाट पिरम बुढा, वडा नम्बर २ बाट माओवादी केन्द्र का जय प्रकाश मल्ल, वडा नम्बर ३ मा नेपाली काङ्ग्रेसका नन्दराम गिरी, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्र का बम बहादुर बुढा, वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसका प्रबिन घर्ती मगर, वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमाले बाट कृष्ण बहादुर शाही र वडा नं ७ मा नेपाली काँग्रेसका नवराज कठायत बिजयी हुनुभयको छ।

 

उनीहरुलाई पनि आज नै निर्वाचन अधिकृत ढुंगानाले प्रमाणपत्र वितरण गरिएका हुन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation