Baigyanik Media

Advertisment

SKIP THIS

प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेबाट लम्कीचुहा नगरपालिकामा विजयी

बाैनियाँ/कैलालीको लम्किचुहा नगरपालिकाको प्रमुख पदमा गठबनधनबाट साझा उम्मेदवार नेपाली कांग्रेसकी शुशिला शाही र उपप्रमुखमा नेकपा एमालेकी जुना चौधरी विजयी भएका छ्न।

 

 

शुक्रबार सम्पन्न मतगणनामा शाहिले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार महादेव बजगाइ लाई २२९० फराकिलो मतले पछाडी पर्दै नगरप्रमुखको पदमा बिजयी बनेकी हुन।

 

 

 

विजयी शाहिले १२ हजार ७१३ मत प्राप्त गरेकी छ्न भने उनका निकटतम प्रतिद्वन्दी एमालेका बजगाइले १० हजार ४३५ मत ल्यायका थिए।

 

यस्तै उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्दी गठबन्धन बाट साझ माओवादीकि उम्मेदवार जानकी सिहं लाई ३३९९ फराकिलो मतले पछि पार्दै बिजयी भएकी हुन।

 

विजयी चाैधरीले ११ हजार ७०७ मत प्राप्त गरेकि छन भने उनकी प्रतिस्पर्धी जानकी कुमारी सिह सोडारीले ८ हजार ३०८ मत ल्याएकी छन्।

 

यसै गरि विजयी वडा अध्यक्षतर्फ

 

वडा नं. १मा वडाध्यक्ष नेत्रप्रसाद खनाल( नेकपा एमाले )

वडा नं.२ मा सन्ताेष ओलि (नेकपा एमाले )

वडा नं. ३ मा लव बहादुर शाही (काङ्ग्रेस )

वडा नं. ४मा ताराप्रसाद अधिकारी (नेकपा एकीकृत समाजबादी )

वडा नं. ५ मा माया विष्ट ( माओवादी केन्द्र )

वडा नं. ६ मा लाेकेन्द्र कठायत( नेपाली काङ्ग्रेस )

वडा नं.७मा भगवानदिन चाैधरी( काङ्ग्रेस )

वडा नं.८ मा हरीराम चाैधरी( स्वतन्त्र )

वडा नं.९ मा रामप्रसाद चाैधरी( नेपाली काङ्ग्रेस )

वडा नं१० मा हर्कबहादुर कठरिया( नेपाली काङ्ग्रेस

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation