नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाले गर्‍यो नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई सहित सम्मान

बौनियाँ (कैलाली) । नेपाल राष्ट्रिय शिक्षक संगठन (NATA) बर्दगोरिया गाउँ कार्यसमिति कैलालीले यहाँका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईसहित सम्मान गरेको छ । 

शुक्रबार एक कार्यक्रमका बिच पालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुवर, उपाध्यक्ष गणेश राज गिरि (लालदिप) वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही ,वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीसहित वडा सदस्यहरुलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा प्रमुख अतिथी रहेका पालिका अध्यक्ष कुव्रले समग्र रूपमा बर्दगोरियाको विकास र समृद्धिका लागि आफू अहोरात्र खटिने बताए । उनले बर्दगोरियाको शिक्षा , स्वास्थ , खानेपानी ,ढलनिकासका सवाललाई आफुहरुले प्रमुख प्राथमिकतामा राखि काम गर्ने प्रतिबद्धता जनाए । उनले कम खर्चमा कसरी बढी काम गर्न सकिन्छ ? सोही अनुसार काम गर्ने बताए । बर्दगोरियालाई विकासको मार्गमा अगाडि बढाउन यहाँका सबै बुद्धिजीवी ,समाजसेवी ,राजनीतिक दलहरू सितको सुझाव र सल्लाह बमोजिम काम अगाडि बढाउने बताए ।

कार्यक्रमका विशिस्ट अतिथि पालिका उपाध्यक्ष (लालदिप)ले बर्दगोरियालाई सामुदायिक विद्यालयको स्त्तरोन्नती ,शिक्षाको गुणस्तर कसरी बढाउन र व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा आफुहरु सचेत रहेको बताए । उनले बालबालिकाको शैक्षिक गुणस्तर माथी उकास्नका लागि बजेटको अभाव हुन नदिने बताए । उनले पछिल्लो समय राज्यले समेत शिक्षामा ठूलो धनराशि खर्च गरिरहेका बेला, सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक कै छोराछोरी निजि स्कुलमा पढ्ने गरेको पाइएको हुँदा यसको सुधार सबैभन्दा पहिलो हुन जरुरी रहेको बताए ।

कार्यक्रममा अतिथिका तर्फबाट वडा नम्बर १ का अध्यक्ष मितुन गौतमले बर्दगोरियालाई विकास र समृद्धिको दिशातर्फ अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गरे । उनले जनताको हरेक शुख दुखमा जिम्मेवारीतापुर्वक सबैलाई समान तवरले हेरि सेवा प्रदान गर्ने बताए । उनले सीमित स्रोत साधनको व्यवस्थापन गर्दै नागरिकको असीमित चाहानाहरू पुरागर्ने गरि काम गर्ने बताए ।

कार्यक्रममा समितिका जिल्ला उपाध्यक्ष प्रभुनाथ जोशीले शिक्षकका पेशागत हकहित र अधिकार तथा पेशागत सुरक्षाको सुनिश्चितताको लागि नवनिर्वाचित जनप्रतिनिधिले गम्भीरतापुर्वक काम गर्नुपर्ने बताए । उनले समग्र शिक्षाको विकासका लागि समेत सबैले प्रतिबद्धताका साथ कामगर्नु बताए । जनताले ठूलो आशा र भरोसाका साथ तपाईंहरुलाई समग्र पालिकाको अभिभावकको जिम्मेवारी दिएको भन्दै जनताको भोटको कदर हुनेगरी कामगर्नु पर्नेमा जोड दिए ।

उपाध्यक्ष जोशीले पछिल्लो समय समाजमा लागु औसध दुर्व्यसनमा युवापिढीको जमात फसेको भन्दै यसको न्यूनीकरण तर्फ हरेक सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताए । उनले यस पालिकाभित्र सामाजिक सुरक्षाका सवालमा  विशेष ख्याल र समन्वय गरि अपराध नियन्त्रण ,चोरी तस्करी नियन्त्रणमा समेत गम्भीर बन्नुपर्ने बेला आएको भन्दै ध्यानाकर्षण गराए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९