सोमवार, फाल्गुन १४, २०८०

मृतक बमकाे श्रीमतीलाई नगद तथा खाधान्न सहयाेग

जेठ १६,बाैनिया,बर्दगाेरिया गाउपालिकाका युवाहरुकाे अगुवाइमा साेमबार एक परिवारलाई राहत स्वरुप नगद तथा खाधान्न हस्तान्तरण गरियकाे छ । जेठ ११ गते बुधबार कालिकोट बाट कैलाली आउदै गरेको बस दुर्घटनामा परि मृतक भएका गाउपालिकाकाे वडा नम्बर १ बाैनियाका सुरेन्द्र बमकाे परिवारलाई राहत स्वरुप साे सामाग्री हस्तान्तरण गरियकाे हाे । 

मृतक बमकि श्रिमति सुर्जा बमलाइ साेमबार बमकै निवासमा गयर राहात स्वरुप नगद ८ हजार ५ सय ३० रुपैयाँ संगै चामल ,तेल,दाल,नुन लगायतका खाधान्न सामाग्री सहयोग गरियकाे साे कार्यक्रम काे संयाेजन गर्नु भएका युवा संघ नेपाल बर्दगाेरिया गाउपालिका संयाेजक दिपक गाैतमले जानकारी दिनु भएको छ । गाैतमका अनुसार आगामी दिनमा समेत यस्ता समस्या परेका व्यत्तिहरुलाइ युवा हरु संग तालमेल गर्दै सहयोग काे वातावरण अघि बढाउने जानकारी दिनु भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation