आइतवार, फाल्गुन १३, २०८०

आर्थिक अवस्था कमजोर हुँदा मृत्युसंग लड्दै कैलालीका बिर बहादुर विक

५५ वर्षीय बीर बहादुर विकको पेटमा प्वाल, आर्थिक कमजोर माईती घरमा थला

 

 

बौनियाँ, कैलाली-कर्णाली प्रदेश सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नम्बर २ निवासी बिर बहादुर विकको पेटमा समस्या देखिन थालेपछि १० बर्ष भयाे । उहाँ छिमेकी देश भारतको दिल्लीमा उपचार गराउन जानु भयो । केही समयको लागि औषधी लिनुभयो ।

 

केही वर्ष सञ्चो पनि भयो आर्थिक अवस्था कमजोर हुँदा निकोभन्दा पेटको अवस्था जटिल बन्दै गयो । पुनः उहाँ भारतको हरियाणामा रोजगारीका सिलसिलामा जानु भएको थियो उहाँका नाबालक दुई छोरा र एक छोरी छन् छोरीको विवाह भई सकेको छ भने आर्थिक अबस्था कमजोर हुँदा दुई छोरा भारतमा छन् सानै उमेरमा पढ्ने समयमा भारतका बिभिन्न होटलमा भाडा माज्नु पर्ने वाध्यता रहेको छ। उहाँ अहिले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ पाडीगडा गाउँमा बस्छन उहाँको ससुराली घर बस्दै आएको एक वर्ष भयो । खाना, पानी खाएको सबै पेटको आन्द्रा बाट सबै बाइर आउँछ विकले दुःख पोख्नु भयो । मलाई सहयोग गरी बचाई दिने मनकारी आमा बुवा दाजु भाई दिदी बहिनीहरूलाई मेरो भगवान स्वरूप मान्ने थिए समेत बताउनु भयाे उहाँको श्रीमतीको अवस्था पनि उस्तै छ गाडीमा दुर्घटना हुँदा अपांग बनेकी छिन् कमाए श्रीमानको उपचार गरौ भने काम गर्न सकिँदैन विक की श्रीमती बताउँछिन् तर डाक्टले कुन रोग हो भनेर नभनेको विक बताउनुहुन्छ । 

 

लामो समयसम्म उपचार गराइरहनुभएका उहाँको पेटको अप्रेशन पनि भएको रहेछ तर समस्या निकोभन्दा बल्झिदै गयो । घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उहाँ अहिले मर्नु न बाँच्नुको दोषधमा हुनुहुन्छ ।आफुसँग भएको रकम सबै सकिएको उहाँका विक बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरमा भएको सबै रकम उपचारमा सकिएको छ, अब खाना खाने रुपैयाँ समेत छैन्, गरिबलाई रोग लाग्यो भने मर्नु बाहेक अरु उपाय हुँदो रहेन्छ ।” उहाले दुख व्यक्त गर्दै भन्नुभयो ।

 

 

उहाँले आफ्नो ज्यान बचाइदिन सहयोगी मनहरुलाई गुहार गर्नुभएको छ । पैसाको अभावमा उहाँ १ बर्ष देखि तड्पी रहनुभएको छ । उहाँ पैसाको अभावका कारण एक वर्ष यता कुनै अस्पताल जानु भएको छैन । उहाले भन्नु्भयो, “मसँग एक रुपैयाँ पनि छैन्, महिले दिल्लीमा उपचार गराउँदा डाक्टरले केही समस्या भए देखाउन आउनु होला भनु भएको थियो । तर मसँग जाने गाडीभाडासमेत छैन् ।” “गरिबको लागि न त सरकार हुँदो रहेछ, नत आफन्त ।” उहाँले दुखेसो गर्नुभयो । “सबै ठाउँबाट मलाई अहिले सहयोग चाहिएको छ, तर मैले सहयोग पाएको छैन् ।”उहाले देश विदेशमा रहनुभएका सहयोगी मनहरुलाई सहयोग गरी दिन आफनो ज्यान जोगाइदिन अपिल गर्नुभएको छ । सहयोग गर्न चाहाने जोकोहीले पनि उहाँको सम्पर्क मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु्हुने छ । सम्पर्क नम्बर ९७४८२५७६५० र ९८६५९३८०२७ रहेको छ ।

भिडियो सहित 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation