बिहिबार, बैशाख १३, २०८१

सात हल गोरु र सात डल्लप :३० गाेलिया काठ सहित ३ जना समातिए

कैलाली,कैलालीमा सालको काठ बरामद गरिएको छ । शुक्रबार बिहान बर्दगोरिया गाउँपालिका ३ रानीकुण्डाबाट  ३० गोलिया सालको काठ सहित ३ जनालाई समातिएको  हो ।सब डिभिजन वन कार्यालय रामपुर बौनियाबाट खटिएको टोलीले ७ डल्लपमा ल्याउदै गरिएको २१९.९० क्युफिट बराबरकाे ३० गाेलिया सालको काचो काठ बरामद गरिएकाे सब डिभिजन बन कार्यालय रामपुर बाैनियाका प्रमुख गाैचरण चाैधरीले जानकारी दिनु भएको हाे ।

बरामद गरिएकाे काठ संगै सात थान डल्लप र सात हल गाेरु बनकाे नियन्त्रणमा रहेको छ । साेहि अवस्थामा समातिएका बर्दगाेरिया गाउपालिका वडा नम्बर ६ निवासी दिर्घ बि.क,रमेश बि.क,अर्जुन भुल लाई धनगढी चलान गरिएकाे सब डिभिजन बन कार्यालयले जानकारी दिएकाे छ ।
बरामद गरिएकाे काठ कसको भनेर अझै पत्ता नलागेकाे र त्यसकाे अनुसन्धान भैरहेको प्रमुख चाैधरीले जानकारी दिएकाे छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation