मङ्लबार, भदौ २५, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरिया गाउँपालिका कृषि शाखा द्रारा ११ पावर टिलर वितरण 

बौनिया,बर्दगोरियाका ११ जना किसानहरुलाई अनुदानमा पावर टिलर वितरण गरिएको छ । बर्दगोरिया गाउँपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको हो ।

बर्दगोरिया गाउँपालिका ६ वटै वडाका कृषि समूहमा आवद्व भएका र अन्य नभएका दुवै कृषक गरी ११ जनालाई पावर टिलर मगंलबार वितरण गरिएको थियो ।

 

बर्दगोरिया गाउँपालिका कृषि शाखा द्रारा आयोजित एक कार्यक्रममा पावर टिलर वितरण गरिएको हो । 

 

 

 

बर्दगोरिया गाउँपालिका कृषि शाखाका प्रमुख झंकर वहादुर रावतको सभापतिमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका कृषि शाखाका ना प्रा स धीरेन्द्र बहादुर चौधरीले स्वागत मन्तव्य राखेका कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवर,उपाध्यक्ष गणेशराज गिरी (लालदिप) वडा नं १ का वडा अध्यक्ष मिथुन गौतम, वडा नं २ का वडा अध्यक्ष गोविन्द विक र कृषि शाखाका प्रमुख झंकर वहादुर रावत लगायतले किसानलाइ पावर टिलर संयुक्तरुपमा वितरण गरेका थिए ।

 

सो अवसरमा बोल्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले कृषिको आधुनिकीकरण, व्यवसायिककरण र यान्त्रिकिकरणमार्फत बर्दगोरियालाई आत्मनिर्भर गराउने बताए । 

 

 

 

 

कार्यक्रममा उपाध्यक्ष गणेशराज गिरी (लालदिप)ले प्राप्त गरेका कृषि उपकरणको सही सदुपयोग गरि कृषिमा आत्मनिर्भर हुन आग्रह गर्नु भएको थियो । 

 

 

कृषि शाखा प्रमुख झंकर वहादुर रावतले कृषकको ५० प्रतिशत लगानीमा र पालिकाको ५० प्रतिशत लगानीमा अपनत्व हुने गरि कृषियन्त्र वितरण गरिएको बताएको बताउनु भयो । कार्यक्रमको सञ्चालन पत्रकार लिलाजंग शाहीले गर्नु भएकाे थियाे।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation