सांसद आएकै कार्यक्रममा बिधुत बन्द गर्नेलाई स्थानीयले गरे कारबाहीको माग 

लम्की/सुदूरपश्चिम प्रदेश सांसद माननीय नन्दबहादुर साउँद (राजेन्द) प्रमुख अतिथि रहेको कार्यक्रममा बिधुतको एमसी झारेर कार्यक्रम अवरुद्ध गर्नेलाई स्थानीयले कारबाहीको माग गरेका छन् ।लम्कीचुहा ८ बचैलाका महिलाहरुले बिहीबार बचैलामा आयोजना गरेको तीज विशेष साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका सांसद साउँदले महिलाहरुलाई शुभकामना दिने बेलामा बिधुतको एमसी झारेको आरोप लगाउदै स्थानीयले कारबाहीको माग गरेका हुन ।कार्यक्रम संचालकले शुभकामना मन्तव्यका लागि प्रमुख अतिथि साउँदलाई बोलाए । आफू बसेको स्थानबाट साउँद शुभकामना दिनका लागि मायक नजिक गए । सम्बोधन गर्दैगर्दा बिधुतको लाईन गयो । बिधुतको लाईन नआएपछि सबैले बिधुतको लाईन गयो होला भन्ने सोचेका थियौं । करिब २५ मिनेट पछि बिधुतको लाईन आयो । बिधुतको लाईन आएपछि फेरि केही समय महिलाहरुले नाँचेर रमाईलो गरेको स्थानीय मोतीकला भाटले बताईन ।संचालक नरबहादुर विकले सांसद साउँदलाई शुभकामना मन्तव्यका लागि फेरि बोलाए । पहिलेजस्तै सम्बोधनकै क्रममा फेरि बिधुतको लाईन गएको स्थानीय नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष धिरेन्द्र रावलले बताए । बिधुतको लाईन गएको हो या होईन भनेर पत्ता लगाउन लम्की बिधुत कार्यालयमा सम्पर्कमा गर्दा बिधुतको लाईन नगएको थाहा भयो । त्यसपछि शंका लागेपछि बुझ्दै जाँदा गाउँमै रहेको बिधुत ट्रान्समिटरको एमसी बन्द गरेको पत्ता लागेको रावलले बताए ।महिलाहरुले तीज कार्यक्रम मनाईरहेको बेलामा बिधुतको ट्रान्समिटरको एमसी पटकपटक बन्द गरेर सार्वजनिक कार्यक्रम बिथोल्न खोज्नु सामाजिक उपराध हो । माननीय आएको सार्वजनिक कार्यक्रममा उपराधी मानसिकता भएकाहरुबाट भएको उपमानजनक व्यवहारले गाउँको बेइज्जत भएको श्री कालिका प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोर्ख बहादुर बिष्टले बताए । उनले भने “यो राम्रो काम होइन् । यस्ता गलत काम गर्नेहरुलाई कारबाही हुनुपर्छ । तीनपटक बिधुतको लाईन गयो । हामीलेत साच्चिकै लाईन गयो होला सोचेका थियौ. । तरपछि थाहा भयो कार्यक्रम बिथोल्न ट्रान्समिटरको एमसी बन्द गरेका रहेछन् ।” जसरी पनि कार्यक्रम असफल बनाउनुपर्छ भनेर तीनजना कार्यक्रम स्थलबाटै गएका थिए । उनीहरुले एकआपसमा कुरागर्दै बिधुतको स्वीचअफ गर्नुपर्छ भनेको आफुले सुनेको तीज कार्यक्रम हेर्न गएका एकजना स्थानीयले नाम नखुलाउने गरि बताए । उनीहरुले यस्तो भनेको केही समयपछि बिधुतको लाईनपनि गयो र कार्यक्रम अवरुद्ध भएको उनले बताए ।तीजको रमाईलो गर्न गएका महिलाहरु माथि अन्याय भएको छ । प्रमुख अतिथिको निम्तो दिएर माननीय सांसद साउँदको मानहानी गर्ने काम भएकोले मलाई दुःख लागेको छ ।  ट्रान्समिटरको एमसी बन्द गर्ने जोकोही हुन पत्ता लगाई सामाजिक उपराधको मुद्दा चलाउनुपर्ने मालिका सामुदायिक बनका पूर्व अध्यक्ष कलम बडुवालले बताए ।

उता न्यू कालिका ग्रामिण बिधुत सहकारी संस्थाका अध्यक्ष बालाराम जोशीले बिधुतको एमसी आफै झरेको बताएकाछन् । कुन बेला कति समय कति पटक  बिधुत अवरुद्ध भएको हो उनले केही खुलाएनन् । कार्यक्रम स्थलबाटै कार्यक्रम असफल पार्न बिधुतको स्वीच अफगर्छु भनेर केही युवा गएको आरोप छ भन्ने प्रश्नको जवाफमा बतासको चल्नेबेला र रुखको ढल्नेबेला सँगै भएको उनले बताए ।कार्यक्रमकी सभा अध्यक्ष सुनिता कार्कीले नाँच्ने रमाईलो गर्ने रहर अधुरो बनाईदिने सामाजिक बदमासहरु लाई कारबाही गरि न्यायको महसुस गराईदिन अनुरोध गरेकीछन् । गाउँका हामी सबै महिला मिलेर तीज कार्यक्रम आयोजना गरेका थियौ । कुनै पार्टीले आमसभा गरेको कायक्रम होईन यो । हामीले त आफ्नै वडाका वडा अध्यक्ष पूर्णबहादुर बिष्टलाई प्रमुख अतिथि बनाउने भनेर खबर गरेका थियौ । उहाँले समय नभएकाले आउन नसक्ने बताएपछि माननीय सांसद राजेन्दलाई फोनसम्पर्क गरि निमन्त्रणा दिएको उनले बताईन । माननीयको साथमा आएकाहरुले सामाजिक विकास बिरोधी कार्य भएकोले यस्ता गतिबिधीले समाजको हित नगर्ने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९