
लम्की/सुदूरपश्चिम प्रदेश सांसद माननीय नन्दबहादुर साउँद (राजेन्द) प्रमुख अतिथि रहेको कार्यक्रममा बिधुतको एमसी झारेर कार्यक्रम अवरुद्ध गर्नेलाई स्थानीयले कारबाहीको माग गरेका छन् ।लम्कीचुहा ८ बचैलाका महिलाहरुले बिहीबार बचैलामा आयोजना गरेको तीज विशेष साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका सांसद साउँदले महिलाहरुलाई शुभकामना दिने बेलामा बिधुतको एमसी झारेको आरोप लगाउदै स्थानीयले कारबाहीको माग गरेका हुन ।
कार्यक्रम संचालकले शुभकामना मन्तव्यका लागि प्रमुख अतिथि साउँदलाई बोलाए । आफू बसेको स्थानबाट साउँद शुभकामना दिनका लागि मायक नजिक गए । सम्बोधन गर्दैगर्दा बिधुतको लाईन गयो । बिधुतको लाईन नआएपछि सबैले बिधुतको लाईन गयो होला भन्ने सोचेका थियौं । करिब २५ मिनेट पछि बिधुतको लाईन आयो । बिधुतको लाईन आएपछि फेरि केही समय महिलाहरुले नाँचेर रमाईलो गरेको स्थानीय मोतीकला भाटले बताईन ।
संचालक नरबहादुर विकले सांसद साउँदलाई शुभकामना मन्तव्यका लागि फेरि बोलाए । पहिलेजस्तै सम्बोधनकै क्रममा फेरि बिधुतको लाईन गएको स्थानीय नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष धिरेन्द्र रावलले बताए । बिधुतको लाईन गएको हो या होईन भनेर पत्ता लगाउन लम्की बिधुत कार्यालयमा सम्पर्कमा गर्दा बिधुतको लाईन नगएको थाहा भयो । त्यसपछि शंका लागेपछि बुझ्दै जाँदा गाउँमै रहेको बिधुत ट्रान्समिटरको एमसी बन्द गरेको पत्ता लागेको रावलले बताए ।
महिलाहरुले तीज कार्यक्रम मनाईरहेको बेलामा बिधुतको ट्रान्समिटरको एमसी पटकपटक बन्द गरेर सार्वजनिक कार्यक्रम बिथोल्न खोज्नु सामाजिक उपराध हो । माननीय आएको सार्वजनिक कार्यक्रममा उपराधी मानसिकता भएकाहरुबाट भएको उपमानजनक व्यवहारले गाउँको बेइज्जत भएको श्री कालिका प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोर्ख बहादुर बिष्टले बताए । उनले भने “यो राम्रो काम होइन् । यस्ता गलत काम गर्नेहरुलाई कारबाही हुनुपर्छ । तीनपटक बिधुतको लाईन गयो । हामीलेत साच्चिकै लाईन गयो होला सोचेका थियौ. । तरपछि थाहा भयो कार्यक्रम बिथोल्न ट्रान्समिटरको एमसी बन्द गरेका रहेछन् ।” जसरी पनि कार्यक्रम असफल बनाउनुपर्छ भनेर तीनजना कार्यक्रम स्थलबाटै गएका थिए । उनीहरुले एकआपसमा कुरागर्दै बिधुतको स्वीचअफ गर्नुपर्छ भनेको आफुले सुनेको तीज कार्यक्रम हेर्न गएका एकजना स्थानीयले नाम नखुलाउने गरि बताए । उनीहरुले यस्तो भनेको केही समयपछि बिधुतको लाईनपनि गयो र कार्यक्रम अवरुद्ध भएको उनले बताए ।
तीजको रमाईलो गर्न गएका महिलाहरु माथि अन्याय भएको छ । प्रमुख अतिथिको निम्तो दिएर माननीय सांसद साउँदको मानहानी गर्ने काम भएकोले मलाई दुःख लागेको छ । ट्रान्समिटरको एमसी बन्द गर्ने जोकोही हुन पत्ता लगाई सामाजिक उपराधको मुद्दा चलाउनुपर्ने मालिका सामुदायिक बनका पूर्व अध्यक्ष कलम बडुवालले बताए ।
उता न्यू कालिका ग्रामिण बिधुत सहकारी संस्थाका अध्यक्ष बालाराम जोशीले बिधुतको एमसी आफै झरेको बताएकाछन् । कुन बेला कति समय कति पटक बिधुत अवरुद्ध भएको हो उनले केही खुलाएनन् । कार्यक्रम स्थलबाटै कार्यक्रम असफल पार्न बिधुतको स्वीच अफगर्छु भनेर केही युवा गएको आरोप छ भन्ने प्रश्नको जवाफमा बतासको चल्नेबेला र रुखको ढल्नेबेला सँगै भएको उनले बताए ।कार्यक्रमकी सभा अध्यक्ष सुनिता कार्कीले नाँच्ने रमाईलो गर्ने रहर अधुरो बनाईदिने सामाजिक बदमासहरु लाई कारबाही गरि न्यायको महसुस गराईदिन अनुरोध गरेकीछन् । गाउँका हामी सबै महिला मिलेर तीज कार्यक्रम आयोजना गरेका थियौ । कुनै पार्टीले आमसभा गरेको कायक्रम होईन यो । हामीले त आफ्नै वडाका वडा अध्यक्ष पूर्णबहादुर बिष्टलाई प्रमुख अतिथि बनाउने भनेर खबर गरेका थियौ । उहाँले समय नभएकाले आउन नसक्ने बताएपछि माननीय सांसद राजेन्दलाई फोनसम्पर्क गरि निमन्त्रणा दिएको उनले बताईन । माननीयको साथमा आएकाहरुले सामाजिक विकास बिरोधी कार्य भएकोले यस्ता गतिबिधीले समाजको हित नगर्ने बताएका थिए ।