आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

भजन कीर्तन गरेर भक्तजनले गरे बर्दगोरिया धाममा देशको प्रगतीको कामना

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न २ बर्दगोरिया धाम धार्मिक पर्यटकीय स्थलमा माघी मिलान कार्यक्रम सम्पन्न भएको छ।

बर्दगोरिया विकास क्षेत्र सरक्षण मञ्चका अध्यक्ष रामनारायण थारुको सभापतित्वमा सञ्चालन कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाँउकार्यपालिका सदस्य गुमा विश्वकर्मा रहनु भएको थियो कार्यक्रममा प्रमुख अतिथि आसन ग्रहण बाट बोल्दै विश्वकर्माले यो वर्ष कोरोनाले देशलाई तहस नहस परेकोले यस्ता कार्यक्रम खुलेर गर्न नसकिएको भन्दै विश्वकर्माले भक्तजहरुलाई रमाईलो र भजन बाट देश र सम्पुर्ण जनता लाई शान्ती मिलोस आफ्नो रिती रिवाज र मठ मन्दिरहरुमा अन्य कुनै किसिमका विदेशी रिती रिवाज भन्दा आफ्नो रिती रिवाज लाई नबिर्सन समेत सम्पूर्ण भक्तजनलाई आग्रह गर्दछु  समेत भनिन साथै थारु हरुको नयाँ वर्ष मनाउने गर्दछन् सबै का आआफ्ना  रीति रिवाज हुन्छ समेत बताउनु भयो।

कार्यक्रममा  बिश्ष्टि अतिथि बर्दगोरिया गाउँपालिका वडा न २ का वडा सदस्य धनु डगौरा थारु रहनु भएको थियो। कार्यक्रममा बर्दगोरिया विकास क्षेत्र सरक्षण मञ्चकी कोषाअध्यक्ष उमा आचार्यको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका यरिया सरक्षण सयोजक गोकण प्रसाद शर्मा , जयराम चौधरी , पशुराम महत ,कृष्ण भण्डारी, भरत सुनार,बिर्खे कामी ,भुमीसरा खनाल,लक्ष्मी कामी,चुलुवा थारु लगायतका अतिथिहरूको सहभागीता रहेको थियो।कार्यक्रमको सञ्चालन सचिव गोविन्द वि.कले गर्नु भएको थियो ।

कार्यक्रममा  भक्तजनहरूले भजन कीर्तन गरी रमाईलो समेत गरेका थिए ।

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation