Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल बन्द

मन्त्रालयको निर्देशनपछि कैलाली जिल्लामा पनि आजदेखि रातिको समयमा आवागमन गर्न नपाइने भएको छ। जिल्लाभरी नै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाउन सुरक्षा निकायलाई निर्देशन दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएकोमा कैलालीमा पनि लागु हुने उनले बताए।कैलाली जिल्लामा दुई सय भन्दा बढि एक्टिभ केस छन्,प्रमुख जिल्ला अधिकारी बोहराले दिनेश खवरसंग कुराकानी गर्दै भने,जोरबिजोर प्रणाली र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय पूर्ण रुपमा कार्यान्वयन हुन्छ।अत्यावश्यक सेवामा भने यो निर्णय लागू नहुने प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए।सुदूरपश्चिम प्रदेशमा दुई सय भन्दा बढि एक्टिभ केस अर्थात सक्रिय संक्रमित कैलाली जिल्लामा मात्रै रहेका छन्।सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयले बुधवार सार्वजनिक गरेको तथ्याङक अनुसार कैलालीमा ६ सय ७० संक्रिय संक्रमित छन् भने ६ सय ४२ संक्रमित डिस्चार्ज भईसकेका छन्। चार जनाको भने मृत्यु भएको छ।गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार सुदूरपश्चिममा जोरबिजोर प्रणाली कैलालीमा मात्रै लागु हुनेछ। कैलालीका सहरी क्षेत्रमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन पनि बन्द रहनेछ। स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीपछि सबैभन्दा बढि संक्रिय संक्रमित बझाङ जिल्लामा छन्। बझाङमा एक सय ७४ संक्रमित संक्रमित छन् भने एक सय सात जना डिस्चार्ज भईसकेका छन्। दुई जना संक्रमितको मृत्यु भईसकेको छ।अछाममा एक सय ६०, डोटीमा पनि एक सय ६०, कञ्चनपुरमा ७७, डडेल्धुरामा ३४, दार्चुलामा २५, बैतडीमा १९ र बाजुरा जिल्लामा १८ संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation