Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरीया गाउँपालीकामा आज शुक्रबार थप ५ जनामा कोरोना पुष्टी

बौनियाँ/ कैलालीको बर्दगोरीया गाउँपालीकामा शुक्रबार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भाद्र ७, ८ र ९ गते पालिकाका १०६ जनाको स्वाब संकलन गरीएको थियो । स्वाब संकलन गरिएका मध्य ५ जनामा कोरोना पुष्टी भएको बर्दगोरीया गाउँपालीकाका स्वास्थ शाखा प्रमुख कृष्ण देव जोशीले जानकारी दिए ।

अन्य १०१ जनाको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टी हुनेमा पालिकाको वडा नम्बर १ का एक जना महिला र एक जना पुरुष, वडा नम्बर २ का एक पुरुष, र वडा नम्बर ५ का दुई पुरुष रहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शुक्रवार थप ४५ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ४४ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १९ र कञ्चनपुरका १७ जनामा संक्रमण पुष्टि भएको हो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation